कोरोना संक्रमितको संख्यामा रौतहट अग्र स्थानमा

३२ जेष्ठ २०७७, आईतवार १२:१५ मा प्रकाशित

रौतहट । नेपालमा सबैभन्दा बढी कोरोना संक्रमितहरुको संख्या उच्च रहेको जिल्लामा रौतहट अग्र स्थानमा देखिएको छ । शनिवार मात्र रौतहटमा ९२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ७ सय नाघेको छ । रौतहट जिल्ला अस्पतालका प्रमुख महेश साहका अनुसार परोहा नगरपालिकाका ५२ जना, ईशनाथका २३, राजपुरका १२ र देवाही गोनाहीका पाँच जना गरी कुल ९२ जनामा संक्रमणको पुष्टि भएको हो ।

रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या शनिवार बेलुकी सम्म सात सय ११ पुगेको प्रमुख साहले बताए । संक्रमित सबै जना सम्बन्धित पालिकाहरुको क्वारेन्टाईनमा बस्दै आएकाहरु हुन् । भारतमा लकडाउन लामो समयसम्म चलेको कारण विभिन्न सहरमा रोजगारी गरेर बसेकाहरु आ-आफनो घर फर्केका थिए ।

छिमेकी मुलुक भारतबाट फर्केकाहरु जिल्लाको विभिन्न क्वारेन्टाईनमा हजारौंको संख्यामा मानिसहरु बसिरहेका छन् । उनीहरुमा कोरोना संक्रमण देखिन थालेपछि रौतहटमा संक्रमितको संख्या दिन प्रतिदिन बढदै गएको छ । जिल्लामा लकडाउनको प्रभाब कम देखिएको कारण रोग समुदायमा पुग्न सक्ने जोखिम रहेको हुदा आफुहरु चिन्तित भएको स्थानियहरु बताउछन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार