‘बिहे नगरि भाछैन’ पछी चर्चित संगीतकार आर.बि र हेरुका ‘नम्बरी सुन’ मा एकसाथ (भिडियो)

३१ जेष्ठ २०७७, शनिबार २०:११ मा प्रकाशित

विवेक लोप्चन, काठमाडौँ । चर्चित संगीतकार एंव गीतकार आर.बि लामाको संगीत र संगीत संयोजन रहेको ‘नम्बरी सुन’ बजारमा आएको छ ।
लकडाउनबिच बजारमा ल्याएको उक्त सेलो गीत दर्शक एंव स्रोताले मन पराउनेमा विश्वस्त रहेको उनले बताए ।

संगीतकार एंव गीतकार लामा र मोडल एंव निर्देशक हेरुका लामाले यो भन्दा अगाडि नै ‘बिहे नगरि भाछैन’ मा एक साथ काम गरेका थिए ।
राजु लामाको आवाज रहेको उक्त गीतलाई धेरै दर्शकले मन पराएका थिए ।

गीतमा गायक अर्जुन तामाङको स्वर,रमन तामाङको शब्द रहेको छ ।

भिडियोलाई कोष बम्जनले छायांकन, टेकेन्द्र शाहले सम्पादन गरेका हुन भने हेरुका लामा र पुसन लामा को उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोलाई स्वंय मोडल हेरुका लामाले निर्देशन गरेका हुन ।

भिडियो हेर्नुहोस

 

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार