नेपाल एयरलायन्सले हवाई भाडादर घटाउने निर्णय

उज्यालो प्रतिनिधि ३१ जेष्ठ २०७७, शनिबार समाचार

काठमाण्डौ । नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ ।

नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम प्रयासस्वरुप सो निर्णय लिइएको निगमले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आजै मन्त्रालयमा छलफल गरी हालको प्रस्तावित हवाई भाडादरमा पुनरवलोकन गर्न निगम र हिमालयन एयरलाइन्सलाई अनुरोध गरेका थिए ।

विभिन्न देशमा रहेका नेपालीका पिरमर्कालाई ध्यानमा राखी निगमले यस विषम परिस्थितिमा मुनाफाभन्दा पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै चार्टर उडानको भाडादर घटाउने निर्णय लिएको स्पष्ट गरेको छ ।
सो निर्णयबाट विशेष गरी खाडी राष्ट्र, मलेसिया र साइप्रसमा रहेका नेपाली नागरिकलाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिइएको जनाउँदै निगमले आफू सम्पूर्ण नागरिकको सेवामा सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार