गल्याङका किसानहरुको दिनचर्या बाँदर घपाउदैमा जान्छ

३१ जेष्ठ २०७७, शनिबार १०:०२ मा प्रकाशित

स्याङ्जा । जिल्लाको गल्याङ नगरपालिका ४ कुरुम्चे दुधेचाैर लगाएतका किसानहरु बिहानै उठेपछि खेतबारीमा बाँदर धपाउन जान्छन् । बिशेष गरि मकै पाक्ने सिजनमा उनीहरुकाे दिनचर्या बाँदर धपाउदैमा जान्छ । आँखा झिमिक्क गर्दा साथ सारा मकै नष्ट गर्ने बाँदरको हुल हेर्दाहेर्दै बुढा भएका किसानहरु मकै खेति गर्छन् एक छिन खेतबारीमा नजाने हाे भने मकै बालि बाँदरले सखाप पार्छ ।

बाँदर बाट खेतीपाती जाेगाउनै सकस छ । बाँदर धपाउने क्रममा कति ले भिरबाट लडेको गुनासो सुनाउनु हुन्छ । बिहान ५ देखि बेलुका ७ बजेसम्म स्याङ्जा गल्याङ ४ का किसानहरुलाई बाँदर हेर्नुपर्ने बाध्यता छ । समय कहाँबाट कहाँ पुगेपनि किसानले भने बाँदर धपाएर दिन फाल्नुपर्ने बाध्यताकाे अन्त्य हुन आवश्यक छ । किसानलाई अनुदान हाेईन बाँदर धपाउने उपाय दिन सराेकारवाला निकायलाई आग्रह छ । पटकपटक नगरपालिका मा बाँदर नियन्त्रणको माग राख्दै आएका किसान ले भने बाँदर धपाएर जिन्दगी बिताउने किसानको प्रगति कहिले हुन्छ ? बाँदर ले खेतबारि मअ फल्दै गरेकाे मकै मात्रै हाेईन मान्छे नभएको माैका मा घरभित्रै पसेर अन्नपात नास गर्ने गरेकाे किसान ले गुनासो गर्दै आएका छन् धान र गहुँ काे समयमा खासै दुख नदिने बाँदर ले मकै पाक्ने समयमा बढी समस्यामा पारेको किसानहरुकाे गुनासो छ ।

लकडाउनका कारण छाेरा छाेरि नाति फुर्सदमा हुदा बाँदर धपाउन केही सहज भए पनि अघिपछि खाना खाने पालाे पाउनसमेत मुस्किल रहेको किसानले बताए का छन् । २० मिनेट मात्रै बादर पसेमा सारा खेतीपाती नष्ट गर्ने भएको ले बाँदर नियन्त्रण काे केही उपाय आवस्यक रहेको किसान हरुकाे भनाइ छ । बाँदर नियन्त्रणका लागि स्थानीय तहले प्रयास गरे पनि खासै प्रभावकारी बन्न सकेको छैन । कलगाडा, राते ,सेते प्रजातिका झन्डै ३००/देखि ५००काे हाराहारीमा आउने बाँदरले सताउने गरेकाे किसानले बताए । बर्ष भरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु काम धन्दा छाडेर बाँदर धपाउने गरेको किसान बताउछन् ।

किसानले भने गहुँमा सामान्य क्षति गर्छ भने धान पाक्ने बेलामा बाँदर नलाग्ने गरेको सुनाए । बाँदर धपाउनका लागि खेतबारीकाे डिलमा किसानले छाप्राे नै बनाएर बस्ने गरेका छन् । यस क्षेत्रमा मात्रै नभई सम्पूर्ण वडा भर नै बाँदरले आतंक पारेको गुनासो सुनाएका छन् । आगामी बर्ष बाँदर छाेपेर अन्यत्र लैजाने कार्यक्रम ल्याउन नगरपालिकालाई अनुरोध गर्ने किसानहरुकाे भनाइ छ । यादव सुवेदी ,गल्याङ ४ स्याङ्जा ,हाल: दुबई ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार