स्याङ्जामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

उज्यालो प्रतिनिधि ३० जेष्ठ २०७७, शुक्रबार फोटो समाचार

स्याङ्जा । स्याङ्जामा २२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको वालिङ नगरपालिका मा २ जना गल्याङ नगरपालिका १८ अर्जुन चाैपारिका १ जना र ठेगाना नखुलेका एक जना गरि २२ जना सङक्रमित थपिएका हुन ।

पाेखरामा गरिएको परिक्षणकाे क्रममा वालिङ नगरपालिकामा ३३/३५ बर्षिय पुरुष, नगरपालिकामा ६६ बर्षिय पुरुष सहित विभिन्न उमेरका गरि १८ जना अर्जुन चाैपारि गाउँपालिका ३ बर्षका बालक मा र ठेगाना नखुलेका ४ बर्षिय बालक सहित जम्मा २२ जना रहेका छन् ।

गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा बसेकामध्ये १८ जनामा कोरोना पोजिटिभ रिर्पोट आएको छ । गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका ४८ जनाको गत जेठ २१ गते र ६ जनाको २४ गते स्वाब संकलन गरिएको थियो । १८ जनामध्ये २ जना सरसफाईकर्मी समेत रहेका छन् । गत साता नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा हेलचक्रयाइ गरि दुषित पानी खुवाएको तथा सामाजिक दुरी कायम नभएको, खानपान राम्रो नभएको भन्दै आन्दोलनमा उत्रेका नागरिकहरुमा संत्रास थपिएको हो ।

भारत तथा तेस्रो मुलुकबाट भित्रने मानिसहरुलाई कोरोना संक्रमणको परिक्षण नहुने बेलासम्म राख्ने व्यवस्था गरिएका क्वारेन्टाइनहरुको व्यवस्थापनमा स्याङ्जाको गल्याङ नगरपालिकाले चासो नदिदाँ अस्तव्यस्त बनेको छ । क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई शुद्ध खानेपानी, शौचालय र बसाईमा कठिनाई भएपछि अस्तव्यस्त बनेको हो । स्याङ्जाको गल्याङ नगरपालिका यतिबेला निकै चर्चामा छ । नगर स्वास्थ्य इकाई शाखाका प्रमुखले आत्महत्या गरेपछि यो नगरपालिका निकै चर्चामा रहेको हो ।

कर्मचारीलाई उच्च आत्मबल बढाएर काम गर्नुपर्ने यो महामारीमा स्वास्थ्य प्रमुखले आत्महत्या गर्नुले नगरपालिकाको व्यवस्थापन पक्ष निकै कमजार रहेको आंकलन स्थानीयहरुले गरेका छन् । त्यसमा पनि विदेशबाट आउने मानिसका कारण समुदायमा कोरोना संक्रमण नफैलियोस भनेर निमार्ण गरिएका क्वारेन्टाइनहरु अस्तव्यस्त हुदा गल्याङ् नगरपालिकामा सन्त्रास फैलिएको छ ।

याे सँगै स्याङ्जा मा काेभिड १९ संक्रमित काे संख्या ६० पुगेकाे छ भने गण्डकी प्रदेशमा १८८ पुगेकाे छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार