जीर्ण बिजुलीका पोलले पूरै गाउँ जोखिममा

उज्यालो प्रतिनिधि २९ जेष्ठ २०७७, बिहीबार मुख्य नेटवर्क

काभ्रे। बिजुलीका पोल जीर्ण भएको वर्षौं बितिसक्दासमेत सम्बन्धित निकायले ध्यान नदिँदा सिंगो गाउँ नै जोखिममा परेको छ । काभ्रे जिल्लास्थित मण्डनदेउपुर नगरपालिका वडा नं. १ मा पर्ने पूरै गाउँ जोखिममा परेको हो ।

बतासे देखि शिरान टोल, खोरोङ , भेगटोल डाँडाघर देविथान हुँदै देउराली सम्मको काठका पोलहरु जीर्ण बनेका छन् । दुई दर्जनभन्दा बढी स्थानका पोल ढल्ने अवस्थामा पुगिसकेको त्यहाँका एक स्थानीयले उज्यालो नेटवर्कलाई जानकारी दिए ।

‘पोल जीर्ण बनेर गाउँ जोखिममा परेको छ’, स्थानीय रामसिं तामाङले भने, ‘पटकपटक विद्युत् प्राधिकरणलाई जानकारी गराउँदा पनि यसप्रति चासो देखाइएन । वडा सरकारको पनि ध्यान गएको छैन ।’

जीर्ण काठका पोल परिवर्तन गरेर नयाँ फलामका पोल राख्नुपर्ने उनको भनाइ छ । ‘ढल्न थालिसकेका पोल परिवर्तन नगर्दा सयौं घर खतरामा छन्’, भेगटोलका एक स्थानीयले भने, ‘दुर्घटना नहुँदै कार्यालयले यसमा चासो दिनुपर्छ ।’

बेलाबेला पोल ढलेर चार÷पाँच दिनसम्म बिजली अवरुद्ध हुने गरेको समेत उनले जानकारी गराए । झन्डै दुई सयभन्दा बढी उपभोक्ताले विद्युत् प्रयोग गर्दै आइरहेका छन् ।

स्थानीयका अनुसार यहाँ वि.स. २०६० सालमा विद्युत् विस्तार गरिएको थियो । त्यसबेला गाडिएका काठका पोल जीर्ण बनेका हुन् । हालसम्म नेपाल विद्युत् प्राधिकरणले गाउँमा पुगेर पोलको अवस्थाबारे बुझेको छैन ।

कतिपय ठाउँका घरमाथि गाडिएका पोल ढलेपछि सीधै घरमै पुग्ने खतरा छ । ढल्न लागिसकेका पोल बाँसको सहायतामा अड्याइएको छ । यसबारे बुझ्नका लागि वडाध्यक्ष लक्ष्मण बस्ताकोटीलाई सम्पर्क गर्दा उनको फोन सम्पर्क हुन सकेन ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार