लकडाउन पालना गराउन माइकिङ

२८ जेष्ठ २०७७, बुधबार १८:१३ मा प्रकाशित

गणेश कुमार ठाकुर,सिरहा । मिर्चैयामा लकडाउन पालना गर्न आग्रह गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाले माइकिङ गर्न थालेको छ । लकडाउन उल्लंघन गर्नेहरु संयमित नहुँदा सचेतना फैलाउन इलाका प्रहरी कार्यालय मिर्चैयाले माइकिङ सुरु गरेको हो ।

सबै स्थानमा प्रहरी पुग्न नसक्ने भएकाले सन्देश मुलक जानकारीहरु माइकिङ मार्फत सबै ठाँउमा पु¥याउन सफल भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) राम कुमार महतोको भनाई छ । मिर्चैयामा भीडभाड कम गराउन भौतिक दुरी कायम गराएर मात्रै सामान खरिद तथा विक्रिको ब्यवस्था गर्द गोला घेराहरु बनाएर सचेतना फैल्याउने काम गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) महतोले उज्यालो नेटवर्कलाई जानकारी दिए ।

‘कोरोना भाइरसबाट बच्न र लकडाउन पालना गर्न सचेतना फैलाउने उद्देश्यले माइकिङ गर्न थालिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) महतोले बताए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार