तेमालमा सडक अनुगमनसँगै वडा कार्यालय शिलान्यास

२८ जेष्ठ २०७७, बुधबार ११:३१ मा प्रकाशित

काभ्रे । तेमाल गाउँपालिका वडा नं. २ को वडा कार्यालय भवन शिलान्यास तथा सडक अनुगमन भएको छ । 

पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज), बागमती प्रदेशका प्रदेशसभा सदस्य रत्न ढकाल, नेकपा काभ्रेकी अध्यक्ष रुकु चौलागाई लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा वडा कार्यालय तथा सडक शिलान्यास भएको हो ।

वडा कार्यालय भवन शिलान्यासको क्रममा पुर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङले विकास निर्माण कार्यमा राजनीतिकरण नगरी विशुद्ध रुपमा सामाजिक भावले काम गरे कुनै पनि योजना सफल हुने बताए । उनले विकास निर्माणमा राजनीतिकरण गरेमा त्यो समाजको हितमा नहुने समेत बताए ।

‘कोरोनाको बीचमा आएको बजेटमा शिक्षा र कृषिको नीति कार्यक्रमहरुमा रहेको विमतिलाई केन्द्रमा थाति राखि यतिबेला विकासका लागि एक ठाउँमा उभिएर दल भन्दा माथि उठेर लाग्नु पर्ने बेला आएका छौँ, विकास निर्माणमा हामी सबैको हातेमालो जरुरी छ’ उनले भने ।

त्यसैगरी बागमती प्रदेशका प्रदेशसभा सदस्य रत्न ढकालले कोरोनापछि विदेशबाट फर्किने र देश भित्रकै बेरोजगार युवाहरुलाई रोजगारीको वातावरण सिर्जनाका लागि प्रदेश सरकारले कृषिमा केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु ल्याउने बताए । उत्पादनसँग सम्बन्धित रहेर कार्यक्रम ल्याउनका लागि आफूहरुले प्रदेश सरकारलाई सुझाव दिएको र सोही अनुसार बजेट आउने उनले बताए । साथै शिक्षाको क्षेत्रमा तेमालमा प्राविधिक विद्यालय बनाउने कुरामा प्रदेश सरकारले सहयोग गर्ने समेत उनले बताए ।

गाउँपालिकाका अध्यक्ष सलाम सिङ तामाङले यो पटक केन्द्र र प्रदेश गरि ३० करोड ८८ लाख रुपैया रकम विनियोजन भएको र उक्त रकमलाई विभिन्न विकास निर्माणको काममा खर्च गर्ने यसका लागि सबै सरसहयोग आवश्यक रहेको बताए ।

तेमाल गाउँपालिकाको विभिन्न वडाहरुमा अहिले कृषि सडक विस्तार, वडा कार्यलय भवन निर्माणदेखि सडक मर्मतको कामहरु भइरहेका छन् । वर्षयामको समय अभिरल वर्षका कारण विभिन्न समस्यहरु खडा भएपनि यतिबेला समृद्धि तेमाल बनाउनका लागि त्यहाँ स्थानीय जनप्रतिनिधिहरु खटिरहेका छन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार