२४ कोरोना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४४ पुग्यो

२७ जेष्ठ २०७७, मंगलवार ०८:५४ मा प्रकाशित

गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ । थप २४ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १४४ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले नवलपुरमा १२ जना, बागलुङमा ११ जना र म्यादीमा १ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

नवलपुरको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका १८ देखि ४० वर्ष सम्मका १२ जना पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माले जानकारी दिए ।

त्यसै गरी बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका २१, २६ र २७ बर्षिय ३ जना पुरुष र बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १८ देखि ४९ बर्ष सम्मका ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको शर्माले बताए ।

त्यसैगरी म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ४६ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुलाई जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माका भनाई छ ।

हालसम्म ३ जना संक्रमित निको भएर घर फर्किएका छन् । त्यस्तै एक जना संक्रमितको मृत्यु भएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार