मारुती सिमेन्टको नयाँ बन्दै गरेका प्लान्टबाट खसेर मजदुरको मृत्यु

२५ जेष्ठ २०७७, आईतवार १७:२० मा प्रकाशित

गणेश कुमार ठाकुर,सिरहा । जिल्लाको गोलबजार नगरपालिका वडा नं.९ (चोहर्वा)मा रहेको मारुती सिमेन्टमा नयाँ बन्दै गरेको प्लान्टबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

मारुती सिमेन्टको नयाँ बन्दै गरेको प्लान्टको निर्माणाधीन संरचनामा काम गरिरहेका भारतको गुवाहाटीका महर अलीको खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तु प्रसाद जैसवारले जनाएको छ ।

४० फिट अग्लो नयाँ प्लान्टको प्रि–हिटरबाट खसेर गम्भीर घाइते भएका अलीको कर्जन्हा नगरपालिका वडा नं.११ स्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जैसवारले बताए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार