कोरोना संक्रमणबाट मेक्सिकोमा मृत्यु हुनेको संख्या साढे १३ हजार पार

उज्यालो प्रतिनिधि २५ जेष्ठ २०७७, आईतवार विश्व

मेक्सिको । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण मध्य अमेरिकी मुलुक मेक्सिकोमा विगत २४ घण्टाको अवधिमा तीन हजार ६०० नयाँ संक्रमित देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । मेक्सिकोमा योसहित कूल संक्रमितको संख्या एक लाख १३ हजार पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको संक्रमणबाट मेक्सिकोमा मृत्यु हुनेको संख्या १३ हजार ५०० नाघेको छ । संक्रामक रोग निवारण केन्द्रका निर्देशक जोजे लुइज अलोमियाले अझै पनि एक हजार १८९ जनाको मृत्यु शंकास्पद रहेको र उनीहरुको स्वास्थ्य बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

मेक्सिकोमा एक हप्ताअघि मात्र करिब ९० हजार संक्रमित रहेका र करिब ९ हजारको ज्यान गएको थियो । तर पछिल्लो साता नयाँ संक्रमित भेटिने दरमा केही कमी आएको छ, तर संक्रमित व्यक्तिको मृत्यु हुने दरमा भने वृद्धि भएको छ ।

गत आइतबार एक साताको अवधिमा २ हजार ५०० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएकामा यस साता करिब ४ हजारको ज्यान गएको देखिएको छ । –एएनआई/ Photo: Reuters

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार