आवश्यक एम्बुलेन्स र शववाहन खरिद गर्न प्रदेश सरकारलाई निर्देशन

उज्यालो प्रतिनिधि २४ जेष्ठ २०७७, शनिबार फोटो समाचार

सुर्खेत । कर्णाली प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला तथा विधायन समितिले कोभिड– १९ का सङ्क्रमित बढ्दै गएकाले पूर्वतयारीका लागि आवश्यक एम्बुलेन्स र शववाहन खरिद गर्न निर्देशन दिएको छ । समितिका अध्यक्ष पद्म रोकायाको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले प्रदेश सरकारलाई कम्तीमा १० एम्बुलेन्स र शववाहन खरिद गर्न निर्देशन दिएको हो ।

समितिका सदस्य धर्मराज रेग्मीले दैलेखमा सङ्क्रमित बोक्ने एम्बुलेन्स नभएको भन्दै दैलेखलगायतका उच्च जोखिममा रहेका जिल्लाका लागि तत्काल खरिद प्रक्रिया थाल्न सरकारलाई निर्देशन दिएको बताए। “पिसिआर परीक्षण ढिला भइरहेको छ, जसले गर्दा मृत्युपछि कोरोना पुष्टि हुने अवस्था निम्तियो”, उनले भने, “प्रदेश सरकारलाई नयाँ पिसिआर मेसिन जडान गरेर परीक्षणको दायरा बढाउन निर्देशन दिएका छौँ ।” विधायन समितिले प्रदेशमै परीक्षण ढिला भए स्वाब लिएर तत्काल अन्य प्रदेशका प्रयोगशालाबाट परीक्षणको व्यवस्था मिलाउन भनेको छ ।

समितिले क्वारेन्टिन, आइसोलेशन व्यवस्थापनमा पनि जोड दिन सुझाव दिएको छ । बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी उपस्थित थिए । प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन परिषद्मार्फत कोभिड– १९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक समन्वय गर्दै आएको छ ।
समितिको बैठकमा परिषद्का काम कारवाहीबारे पनि समीक्षा भएको बताइएको छ । कर्णालीमा हालसम्म ४९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने तीन जनाको मृत्यु भइसकेको छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार