गण्डकी प्रदेश प्रमुखलाई प्रथम पञ्चवर्षीय योजनाको किताब हस्तान्तरण

२४ जेष्ठ २०७७, शनिबार १३:५९ मा प्रकाशित

कास्की । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब हस्तान्तरण गरिएको छ ।

प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेशले तयार गरेको गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब आयोगका उपाध्यक्ष डा गिरधारी शर्माले प्रदेश प्रमुख शेरचनलाई हस्तान्तरण गरेका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकार्पण गर्नुभएको सो पुस्तकमा प्रदेशमा आगामी पाँच वर्षमा गरिने मुख्य योजनाहरू समेटिएका छन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार