हिलाम्मे सडक, स्थानीयलाई सास्ती

२३ जेष्ठ २०७७, शुक्रबार १८:१४ मा प्रकाशित

गणेश कुमार ठाकुर,सिरहा । धनुषा जिल्लाको सबैला नगरपालिकाका वडा नं.९ (भठिहन) मा रहेका सडकको समस्याले ओहर-दोहर गर्न स्थानीयलाई सास्ती भोग्नु परेको छ ।

कोरोना महामारीको रोकथामका लागि सरकारले लकडाउन जारी गरेको छ । यो बेला गाउँमा सवारीसाधन चल्दैनन् । सामान्य विरामी हुँदा एम्बुलेन्सको माध्यमबाट अस्पताल ल्याउनुपर्ने बाध्यता भैरहेको बेला बर्षाले सडक अवरुद्ध पर्दा समस्या परेको भन्दै स्थानीयहरुले गुनासो पोखेका छन तर पनि कुनै किसिमको चासो रहेको छैन ।

जनप्रतिनिधिहरुको एक स्थानीयले गुनासो पोखेका छन । जनप्रतिनिधिले हेर्दाहेर्दै पनि सो ठाउँको बाटो अहिले सम्म सुधार्न सकेनन् । सो बाटोले गर्दा बाताबरण दुर्गन्धित हुदाँ स्थानीयहरु दुःखी हुन थालेका छन । स्थानीयले भने स्थानीयहरुले नगरपालिकाको कर तिर्दातिर्दै पनि नगरपालिकाको सेवा जनतालाई मिल्न सकेका छैन ।

बजेटको चरम दुरुपयोगले बस्ती बीचको सडक अहिले सम्म पनि धान रोप्ने खेत जस्तै हिलाम्मे हुने गर्छ । व्यवस्था परिवर्तन भएर मुलुकमा तीन तहको सरकार छ । तीनै तहको सरकारले सबभन्दा बढी सडकमा नै लगानी गरेका छन । तर समान्य झरी पर्दा त्यही सडकमा हिंड्नै नसक्ने अवस्था आएको छ । स्थानीय तह गठन पश्चात् जनप्रतिनिधिको रोजाइमा सडक नै परे ।

सबैला नगरपालिकाका वडा नं.९ (भठिहन)को सडकमा अहिले पनि हिलो र पानी जमेकै कारण सवारी आवागमन गर्न समेत कठिनाई भएको छ । वडाध्यक्ष सुशिल कुमार रायलाई पटक पटक जानकारी गराएपनि कुनै प्रकारको चासो नलिएको गुनासो स्थानीयले बताए ।

यता, यो विषयमा सबैला नगरपालिकाका वडा नं.९ का वडा अध्यक्ष सुशिल कुमार राय सँग कुरा गर्नको लागि फोन गर्दा सम्पर्क हुन सकेन ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार