गण्डकी प्रदेशमा करेन्ट लागेर २ जनाको ज्यान गयो

१५ जेष्ठ २०७७, बिहीबार १८:२६ मा प्रकाशित

कास्की । गण्डकी प्रदेशमा आज एक जना करेन्ट लागेर मृत्यु भएको छ भने अर्को एक जनाको पानीमा तैरीएको अवस्थामा शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नं १३ दुईकुलाको मुहानमा आज एक जनाको शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार बेवारिसे अवस्थामा भेटिएका करिब ४५ वर्षका पुरुषको शव पानीमा तैरिएको अवस्थामा आज बिहान फेला परेको हो ।

त्यसैगरी आजै तनहुँमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । कपडा सुकाउने क्रममा बिजुलीको नाङ्गो तारमा छुन जाँदा बन्दीपुर गाउँपालिका वडा नं २ गोलडाँडाका ६५ वर्षीय गणेशबहादुर आलेको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका उनको बन्दीपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । रासस

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार