एकै गाउँपालिकामा भेटिए १ सय १४ जना कोरोना संक्रमित

बाँके  ।  बाँकेमा शनिवार २७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३६ जना नयाँ संक्रमित भेटिएकोमा बाँकेका २७ जनामा कोरोना पुष्टि भएको हो ।

नरैनापुर गाउँपालिका–१, स्थित मदरसाका ६ जनामा कोरोना देखिएको छ । सोही गाउँपालिका–३, स्थित विद्यालय क्वारेन्टाइनमा रहेका १५ जना र वडा नं. १ स्थित विद्यालयमा रहेको क्वारेन्टाइनका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यो सँगै नरैनापुरमा कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ । बाँकेमा संक्रमितको संख्या एक सय ४२ पुगेको छ । बाँकेमा शुक्रवार १४ जना कोरोना संक्रमित फेला परेकोमा १३ जना नरैनापुरका छन् ।

संक्रमितलाई लिन गएको स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीलाई स्थानीयले अवरुद्ध गरेपछि १२ जना संक्रमित क्वारेन्टाइनबाट भागेका थिए । भागेका मध्ये ११ जनालाई तत्कालै नियन्त्रणमा लिएर रातको १२ बजे नेपालगन्ज ल्याइएको थियो । भने एक जनालाई भारत छिर्ने प्रयास गर्दा नेपाल–भारत सीमा नाकाबाट नियन्त्रणमा लिएर नेपालगन्ज ल्याइएको छ ।

ती संक्रमितलाई सीमा नाकामा रहेको आँप बगियामा लुकेर बसेको अवस्थामा प्रहरीले फेला पारेको थियो । नेपालमा ५ सय ५ पुरुषर ७९ जना महिलासहित कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार