क्वारेन्टिनमा २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै बस्न वाध्य

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल माविको क्वारेन्टिनमा रहेका २५ जनाले २४ घण्टाभन्दा बढी समयदेखि भोकभोकै बसेका छन् । नगरपालिकाले खानाको उचित व्यवस्थापन नगरेपछि भोकभोक बस्नुपरेको उनीहरुको गुनासो छ । भारतको चेन्नई, हरियाणा तथा चन्डिगढबाट आएर क्वारेन्टिनमा बसेका उनीहरुका लागि तातो पानी र कोठामा पङ्खाको समेत व्यवस्थापन गर्न नसकेको स्थानीयवासीको भनाइ छ । स्थानीयवासी गगन मण्डलले भने, ‘क्वारेन्टिनमा बसेको आफ्नो छोराका लागि घरबाटै खाना ल्याउने तयारी गरेको तर वडाध्यक्षले रोक लगाएपछि छोरालाई हेर्नका लागि आफू आउँदा २४ घण्टा बित्दा पनि खानाको बन्दोबस्त हुन नसकेको पाइएको छ ।’
नगरपालिका-२ का वडाध्यक्ष शेख सलामले यस सम्बन्धमा आफूले तत्कालै नगरपालिकालाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको प्रतिक्रिया दिए । भोकभोकै बसेका उनीहरुका लागि तत्काल एक छाक खानाको व्यवस्थापनमा आफू लागेको बताउँदै उनले आवश्यक सामग्रीको बन्दोबस्तका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतबाट नेपाली नागरिकको आउने क्रममा वृद्धि भएपछि उनीहरुलाई शुक्रबारदेखि नगरपालिकाले मावि निगौलको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको थियो । हाल त्यहाँ २५ जना रहेका छन् ।रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार