पहिलोपटक वडाध्यक्षलाई पनि कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं । भक्तपुरमा एकजना वडासदस्यलाई कोरोना संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै कपिलवस्तुमा एकजना वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार कपिलवस्तु वाणगंगा नगरपालिकाका ८ जनमा संक्रमण देखिएको पुष्टि गरेको थियो ।

त्यसमध्ये कपिलवस्तु वाणगंगा नगरपालिकाका एकजना वडाध्यक्षलाई पनि संक्रमण पुष्टि भएको छ । नगरपालिकाका एकजना जनप्रतिनिधिले उज्यालो नेटवर्कलाई टेलिफोनमा भने, ‘हाम्रा नगरपालिकाका एकजना वडाध्यक्षलाई संक्रमण देखिएको कुरा सत्य हो ।’

सबे संक्रमितको अहिले कन्टयाक ट्रेसिङको काम भइरहेको छ । नेपालमा वडाध्यक्षलाई कोरोना संक्रमण भएको यो पहिलो घटना हो । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार