‘जम्मु कश्मिर चाहिएन, लिम्पियाधुरा र कालापानी निशर्त फिर्ता चाहियो–चाहियो’

मिन बहादुर सुनुवार ‘सुमन’ ८ जेष्ठ २०७७, बिहीबार

नेपालको इतिहासमा सरकारले गत सोमबार एउटा निकै साहसिक र ऐतिहासिक कार्य गर्न सफल भयो । मन्त्रिपरिषदबाट लिम्पियाधुरा, कालापाली र लिपुलेक सहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय गर्दै ती भू–भाग सुगौली सन्धी भन्दा पहिले देखि नै नेपालको भूमी हुन् भन्ने कुरा साहस र हिम्मतका साथ प्रष्ट भन्यो । यो निर्णयले नेपालबाहिर एउटा विशाल तरङग सिर्जना गर्यो । विशेषगरी भारतमा ठूलो हल्लिखल्ली मच्चियो । र त्यसपछी भारतीय संचार माध्यममा अनेकन प्रपोग्याण्डाहरु मचाइदैछन् र बुनिन्दैछन् । ती प्रपोग्याण्डाहरु यसरी बनाइन्दैछन् कि भारतले उठ भन्दा उठ्ने र बस भन्दा बस्ने देश नेपाल आज कस्को साजिसमा अगाडि बढ्दैछ? हाम्रो छत्रछायाँमा रहने एउटा गरिब देश हाम्रो लिम्पियाधुरा जमिन नक्सामा राख्न हिम्मत गर्ने । यस साजिसका पछाडि कतै ड्रागनका (चीन) हात त छैन? कतै कम्युनिस्ट सरकार चीनतिर ढल्किएको त छैन ? भारतीय संचार मध्यमले वास्तविक्तालाई लुकाएर झुटको खेती गरिरहेको निश्चित छ । यता नेपालको सदन र सडकमा सरकारको हुर्मत नाप्न नक्कली राष्ट्रवाद र नक्साको राजनीति भन्दै आरोप र प्रत्यारोपमा नेताहरु डुक्रिरहेका छन् । दुःखको कुरा यस कठिन घडीमा पनि सबै राजनीतिक दलहरु एकजुट हुन सकेका छैनन् ।

४ मार्च १८१६ मा सुगौली सन्धी नेपाल र इष्टइण्डिया कम्पनीसँग भएको थियो । उक्त सन्धीको धारा ५ अनुसार लिम्पियाधुराबाट बगेको काली नदीको पुर्वीभाग नेपाल र पश्चिमतिरको भाग भारत पर्छ भन्ने कुरा स्पष्टसँग सम्झौतामा लेखिएको छ । तर २०० वर्ष अघिको उक्त सन्धीलाई आज फेरी भारतले बिर्सेको नाटक गर्दै छ । गत १६ कात्तिकमा भारतले एकतर्फीरुपमा कालापानी र लिपुलेकलाई भारतमा समेटेर नक्सा सार्वजानिक गर्यो । र, गत २६ वैशाखमा लिपुलेकसम्मको सडक उद्घाटन गरेर नेपाललाई दबाव दियो । जुन विषयले नेपाली जनतााई क्रुद्घ बनायो । र, नेपाल सरकारले पनि गत बुधवार नक्सा सार्वजाकि गरेर त्यसको जवाफ दिएको छ । उक्त निर्णय गर्न सरकारले खुट्टा कमाएन र डराएन पनि । भारतले नमात्रे संकेत दिएपनि अब सरकारको उक्त कदम राष्ट्रिय र अन्तराष्ट्रिय मुद्दा बनेको छ । र यसले देशभित्र र देश बाहिर व्यापकरुपमा नयाँ बहस सिर्जना गरेको छ ।

नयाँ नक्साको सार्वजानिक गरिए पछि मात्र कतिलाई बल्ल थाहा भयो लिम्पियाधुरादेखि पुर्वतर्फको भाग नेपालको हो । ऐतिहासिक दस्तावेजमा काली नदी नै भारत र नेपालबीचको सीमाना हो । यो वास्तविक्ता नेपाली जनताका दुई पुस्ता सम्मका मानिसहरुलाई थाहा नै थिएन किनभने यो यथार्थलाई लुकाइएको थियो । २०३२÷३६ साल सम्म कालापानी र लिपुलेकलाई नेपालको नक्सामा समावेस गरिएको थियो तर त्यसपछिको नक्साहरुमा यसलाई समावेश गरिएन । किन र के कारणले नेपालको नक्साबाट लिम्पियाधुरा हटाइयो ? कालापालीमा अवस्थित भारतीय सेनाको क्याम्प किन हटाउन सकिएको छैन ? कुरा स्पष्ट छ । हिजोका शासकहरुले आफ्नो सत्ता टिकाउनका लागि र आफ्नो स्वार्थका लागि देशको भू–भागलाई बन्दकी राखेकै हुन् । आफ्नो सत्ता ढल्छ भत्रे डरले नै भारतीयले गरेका सीमा अतिक्रमणको विरुद्दमा बोल्न नसकेको कुरा निश्चित हो । तसर्थ त्यसको परीणाम अहिले नमिठो गरी भोग्नु परिरहेको छ ।

अर्को तर्फ संसदमा सरकार पक्ष र प्रतिपक्षका बीचमा नयाँ नक्साको बारेमा जुहारी चलिरहेको छ । आरोप प्रत्यारेपले संसद भवन गुन्जिएको छ । एकथरी भन्छन् नयाँ नक्सा भनेको बोक्रे राष्ट्रवाद मात्र हो । नेपालसँग नक्सा मात्र र भारतसँग जमिन नहोस् । अर्का थरी कुर्लिन्छन् हैन सत्ता टिकाउनका लागि यो सबै नाटक मात्र प्रपंच गरेका हुन् । यी विभित्र थरीका काइते कुराले जनता दिगभ्रमित भएका छन् । के यस्ता काइते र खुरापाती गफ मात्र गर्नेहरुको हिजोका दिनमा आफ्नो सरकार थिएन? के तिनीहरु प्रधानमन्त्री र मन्त्री बनेका थिएनन्? के तिनीहरुले लिम्पियाधुरा सहितको नेपालको नक्सा यसरी सार्वजानिक गरेका थिए? उनीहरुमा त्यो आँट र साहस थियो?
वास्तविक कुरा के हो भने यो बिलकुल नयाँ विषय होइन् । नेपालको राजनीतिमा यो विषय दशकौं वर्ष भैसकेको छ । २०१९ सालमा कालापालीमा भारतीय सेना बसेदेखि नै उक्त समस्याको बिऊ रोपिएको थियो । कालापानीमा भारतीय सेना बसेको पनि लगभग ५८ वर्ष बिति सक्यो । त्यहाँका बासिन्दाहरुलाई उसले जम्मु कश्मीरमा झैं अवश्य पनि धेरै सुविधाहरु दिएका होलान् । जुन नेपाल सरकारले दिन सक्दैन थियो । त्यहाँका नागरीकले भारतीय नागरीक्ताा अथवा रासन कार्ड पनि लिएका होलान् । यी यावत कुराहरुबाट नेपालका शासकहरु बेखबर नै रहे । अहिले पनि नेपालीलाई त्यस क्षेत्रमा प्रवेह निषेध छ । चाहेर पनि आफ्नै भूमीमा उनीहरुको अनुमती बीना प्रवेष गर्न पाइत्र । के यो वास्तविकता हाम्रा नेताहरुलाई हिजो थाहा थिएन ?

त्यसकारण, पहिलो कुरा कालापानीबाट भारतीय सेना कुनैपनि हालतमा हटाउनु पर्छ । हाम्रो कालापानीमा हाम्रो जमिनमा विदेशी सेनाले बुट बजारेको हामी स्वाभीमान नेपालीलाई स्वीकार्य छैन । विदेशी सेनाको मार्च पासले कालापानीका नागरीकका मात्र होइन तीन करोड नेपालीको मन पोलेको छ । छाती चर्किएको छ । एउटा सार्वभौम सम्पत्र मुलुकमा भारतीय सेनाको खुलेआम परेड र दादागीरि हामीले कहिले सम्म सहेर बस्ने ? के नेपाल स्वतन्त्र र सार्वभौम समपत्र मुलुक होइन? के नेपाली जनता र नेताहरुको आफ्नो स्वाभिमान छैन ? हामीले स्पष्टसँग भत्र सक्नु पर्छ हामीले तिम्रा जम्मु कश्मीर मागेका छैनौं जहाँ हजारौ नेपालीले सयौं वर्ष देखि पसिना र रगत बगाएर सुरक्षा दिइरहेका छन् । हाम्रा कालापानीबाट तिम्रा सेनालाई हटाउ नत्रभने हामी आफै तिम्रा सेनालाई त्यहाँबाट हटाउन बाध्य हुने छौं । लिम्पियाधुरा पारी सम्म लखेट्न बाध्य हुने छौं । र त्यहाँ नेपालको झण्डा फरफराइने छ । के सत्तापक्ष र प्रतिपक्ष यस कुरामा सहमत छन्?

कालापानीबाट भारतीय सेनालाई हटाएर लिम्पियाधुरा सम्मको अतिक्रमण गरीएको सम्पूर्ण भू–भाग फिर्ता ल्याउन सरकारले सबै प्रयासहरु गर्दैछ र गर्नु पनि पर्छ । अहिले नक्सा सार्वजानिक गरियो । र, निकै तयारी गरेर, सबै प्रमाण संकलन गरेर वार्तामा वस्नु पर्छ । कुटनीतिक माध्यमबाट गहन बार्ता गर्दै नेपालको जमिन फर्काउनु पर्छ । तर कोशिश गर्दा गर्दै पनि हाम्रा प्रयत्नहरु असफल भएमा के गर्ने? त्यसपछि अन्तराष्ट्रिय न्यायलय र संयुक्त राष्ट्रसंघमा मुद्दा दर्ता गर्न जाउला । हाम्रो जमिन हो भनेर प्रमाण पनि पेश गरौंला । तर फैसला विश्वको शक्तिशाली राष्ट्र बत्रे दौडमा लागेको भारतको पक्षमा आउला कि नेपाल जस्तो एउटा सानो र गरिब राष्ट्रको पक्षमा आउला ? संयुक्त राष्ट्रसंघले भोली कस्को पक्षमा बोल्छ होला ? के भारतको प्रभाव त्यहाँ पर्दैन त ?

अन्तिममा नेपाल कै पक्षमा निर्णय भयो तर भारतले कुनै पनि हालतमा कालापाली फिर्ता गर्दिन जे परे पर्छ भनेर उसका मिसाइलहरु हामीतर्फ तेर्साएमा के गर्ने? जसरी अमेरीकाले दादागीरि गरेर नै मेक्सिको जस्तो देशको जमिन मिचेको छ । त्यसरी नै भारतले पनि ठूलो, धनी र शक्तिशाली देश हुँ भन्दै ह्याकुलाले निम्छरोलाई पेलेको जस्तै गरेर नेपाललाई हेप्न र पेल्न सक्छ । अहिले सडकमा आ–आफ्ना राजनीतिक पार्टीका झण्डा बोकेर जिन्दावाद र मुर्दावादका नारा लगाउनेहरु आवश्यक परेमा भोली कालापालीमा गएर नेपाल राष्ट्रको झण्डा बोकेर भारतीय मिसाइलका बिरुद्घमा धावा बोल्न आँट गर्न तयार छन्? कामना गरौं ती दिनहरु देख्न र भोग्न नपरोस् र नेपाल र भारतबीच हुँने कुटनीतिक बार्ताबाट नै सीमा सम्बन्धिका सम्पूर्ण समस्याहरु निसर्तरुपमा समधान होस् । राज्यको भू–भाग लुटिएको र खोसिएको अवस्थामा हामीलाई नक्कली र सक्कली राष्ट्रवाद होइन सार्वभौम मुलुक चाहिएको छ । कालापानी र लिम्पियाधुरामा भारतीय विस्तारवादी सेनाको ब्यारेक होइन, हाम्रो चन्द्र सूर्य अंकित झण्डा बोकेको नेपाली सेनाको मार्च पास हेर्न मन छ ।

त्यसकारण वैदेशिक हस्तक्षेपको विरुद्धमा र स्वाधिन्तको पक्षमा सम्पूर्ण नेपाली जनता मनोवैज्ञानिकरुपमा नै एकजुट हुन जरुरी छ । अहिले केही समयका लागि को सरकारमा र को विपक्षमा छन् बिर्सौं । नक्कली र सक्कली राष्ट्रवादका कुरा छाडौं । एकता नै बल हो भत्रे भनाइलाई व्यवहारमा प्रयोग गर्न सक्नु पर्छ । भूगोल र संख्यामा नेपाल सानो भएता पनि आत्मविश्वास, इमान्दारीता र नैतिकतामा नेपाल महान छ । यही नै हाम्रो लागि भारतलाई पररास्त गर्ने सबैभन्दा बलियो मिसाइल हो । नेपाल भारत जस्तै हतियारमा शक्तिशाली त छैन तर उसका हजारौं माइल सम्मको लक्ष्य भेदक मिसाइल भन्दा खतरा अहिंसा र शान्तीको मिसाइल नेपालसँग छ । जुन हतियारको बलमा नै भारतीय जनताले सयौ वर्षसम्म राज गरेका अंग्रेजलाई भारतबाट लखटेको इतिहास धेरै पुरानो भएको छैन यो कुरा भारतीय शासकहरुले राम्रोसँग बुझे हुन्छ । यदी बिर्सिएको भए उसको इतिहास फेरी पल्टाएर पढे हुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *