एक किशोली बलात्कृत,प्रशासनले उन्मुक्ति दियो, उल्टै गाउँ निकाला

उज्यालो प्रतिनिधि ७ जेष्ठ २०७७, बुधबार समाचार

काठमाण्डौ । मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो ।

मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि ५ जनाको समूहले सामूहिक बलात्कार गरे । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुई जनाको समूहले बलात्कार गरेको आरोप छ ।

सामूहिक बलात्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए तर बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको पीडितको भनाइ छ ।

‘केटाहरुका आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ पीडित किशोरीकी आमाले भनिन्, ‘अहिले इटहरीमा कोठाभाडा गरेर बस्दै आएको छु, समस्या नै समस्या छ ।’

बलात्कृत भनेर हेप्ने गरेको र सामाजिक रुपमा बहिस्कार गरेप्रति स्थानीय अगुवाले आफ्नो पक्षमा केही काम नगरेको उनको गुनासो छ । ‘सबैले मिल्न दबाब दिए, न्याय त पाउनुपर्यो नि,’ उनले भनिन् । उनका अनुसार किशोरीको पेटमा अहिले दुई महिनाको बच्चा छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार