धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको बारेमा स्वास्थ्य मन्त्रालयले खोल्यो मुख

काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको बारेमा स्वाथ्य तथा जनसंख्या मन्त्रालयले थप विवरण लिइरहेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आफूहरुले थप विवरण लिइरहेको बताएका हुन् । उनले भने, ‘२३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना, २४ गते सामान्य प्रक्रियाबाट डेलिभरी, २५ गते डिस्चार्ज भएर घर गएकी थिइन् । त्यसपछि ज्वरो, श्वासप्रश्वास लगायतमा शारिरीक समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएक थिइन् । उनी उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको छ । यससम्बन्धी थप विवरण लिइरहेका छौँ ।’

अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको बताएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यसका लागि मन्त्रालयको टोली धुलिखेल गइसकेको छ भने अस्पताल समेत सिल गरिएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार