नेपालीलाई भारतीय शुरक्षाकर्मीले सीमामा ल्याएर छाड्न थाले, कोरोना संक्रमणको त्रास

कञ्चनपुर । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा लुकीछिपी भारतीय सीमाबाट स्वदेश प्रवेश गर्नेको सङ्ख्यामा कमी आउन सकेको छैन । सीमा क्षेत्रमा कडाइ गरिएपनि जङ्गलको बाटो तथा महाकाली नदीमा ट्युबमा तरेर आउने क्रम नरोकिएको जनाइएको छ ।

शुक्रबारमात्रै सीमा क्षेत्रमा प्रवेश गरेका ६५ जना नेपालीलाई दशगजा क्षेत्रमा राखिएको छ । महाकाली नगरपालिकाको मायापुरी वन क्षेत्रको दशगजा क्षेत्रमा ३८ तथा भारतको टनकपुर नाका भएर सीमा क्षेत्र प्रवेश गरेका २७ जनालाई पनि दशगजा क्षेत्रमै राखिएको छ ।

महाकाली नगरपालिकाको दशगजा क्षेत्रमा बस्दै आएकालाई नगरपालिकाले खानपिनको व्यवस्था गरेको छ । ब्रह्मदेव बजार नजिकैको दशगजा क्षेत्रमा बस्दै आएकालाई भीमदत्त नगरपालिकाले खानपिनको व्यवस्थापन गरेको छ । सीमा क्षेत्रको दशगजा क्षेत्रमा रोकथाम गरिएकालाई तत्काल सीमानाका प्रवेश गर्न दिने नदिनेबारे निर्णय भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए ।

भारतका विभिन्न क्षेत्रबाट फर्कंदै गरेका नेपालीलाई भारतीय शुरक्षाकर्मीले सीमा क्षेत्रमा ल्याएर छाड्न थालेपछि समस्या उत्पन्न भएको महाकाली नगरपालिकाका प्र्रवक्ता दिलबहादुर सिजालीले बताए । रोजगारी गुमेपछि खानाको अभावमा नेपाली मजदुर पैदल र रेल मार्गबाट सीमा नाकामा पुग्न थालेका छन् । धेरैजना शुरक्षाकर्मीको आँखा छिचोल्दै सीमा क्षेत्र नाघेर घर पुग्ने क्रम पनि जारी रहेको छ । अवैधरुपमा सीमा नाका प्रवेश गरेर घर फर्कनेमाथि स्थानीय तहले समेत निगरानी बढाएका छन् ।

भीमदत्त नगरपालिका–१० का वडाध्यक्ष प्रमानन्द जोशीले भारतले सीमा क्षेत्रमा ल्याएर छाडिदिँदा निकै चुनौतीको सामना गर्नुपरेको बताए । सुरक्षाकर्मीको व्यस्तता बढेको छ उनले भने, ‘सुरक्षाकर्मीलाई समेत सङ्क्रमण हुन सक्ने जोखिम बढेको छ ।’रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार