“शिक्षण अस्पतालको कुनै पनि अस्पतालकर्मीमा कोभिड–१९ को संक्रमण छैन”

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट सङ्क्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्राडा.प्रेमकृष्ण खड्गाले हालसम्म कोही अस्पतालकर्मीमा सङ्क्रमण नदेखिएको जानकारी दिए ।

सत्यतथ्य नबुझी छिटो खबर प्रकाशित गर्ने होडले पत्रकाररिताको विश्वसनियतामाथि प्रश्न उठ्न जाने भन्दै उनले समाजमा अनावश्यक त्रासको वातावरण नबनाउन र संयमता अपनाउन सबैलाई अनुरोध गरे । शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा बिहीबार कोभिड–१९ पुष्टि भएको थियो ।

ती बालिकामा कोभिड–१९ पुष्टि भएसँगै अस्पतालले बालिकको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षण कार्यलाई जारी राखेको छ । सङ्क्रमित बालिकालाई शिक्षण अस्पताल परिसरमै रहेको गणेशमान भवन बनाइएको आइसोलेशन वार्डमा राखिएको छ । उनको स्वास्थ्यस्थिति सामान्य रहेको अस्पतालले जनाएको छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार