कोरोना पोजिटिभ महिलाको मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पतालमा

काठमाडौं । धुलिखेल अस्पतालमा एकजना सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यसतर्फ लागेको छ। बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएपछि मन्त्रालयको टोली धुलिखेल गएको हो।

सिन्धुपाल्चोकको बाह्रबीसेकी ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाल टेकुमा स्वाब पठाइएको छ। विज्ञहरुले एउटा ल्याबमा पोजेटिभ आएको अवस्थामा अर्को ल्याबमा नेगेटिभ आउन सक्ने बताएका छन्।

कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको मृत्यु भएपछि अहिले धुलिखेल अस्पताललाई सिल गरिएको छ। स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य ल्याबको रिपोर्ट कुरिरहेको छ। यसैबीच कोरोना रोकथाम तथा नियन्त्रण कमाण्ड पोस्टको बैठक पनि अहिले धुलिखेलमा बसिरहेको छ।

उक्त बैठकमा धुलिखेल बजार नै सिल गर्नेबारेमा चर्चा भइरहेको एक अधिकारीले जानकारी दिएका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार