सिन्धु ड्रागन ग्रुपद्वारा ‘मदर सिस्टर’ बालगृहलाई राहत वितरण

उज्यालो प्रतिनिधि २ जेष्ठ २०७७, शुक्रबार फोटो समाचार

 सिन्धुपाल्चोक । सिन्धु ड्रागन ग्रुपले अनाथ बालबालिकालाई केन्द्रित गरि राहत वितरण गरेको छ।

इन्द्रावती गाउँपालिका वडा न-५ ऎसेलुखर्क सिन्धुपाल्चोकमा अवस्थित ‘मदर सिस्टर’ बालगृहलाई सिन्धु ड्रागन ग्रुपले १० बोरा चामल,१ बाकस तेल,१० पोका नुनका साथै १० पोका स्वयबिन समेत राहत स्वरुप खाद्य सामाग्री हस्तान्तरण गरेको हो ।

उक्त बालगृह वि सं २०७२ सालमा नेपाल सरकारबाट स्वीकृति लिइ संचालनमा ल्याइएको थियो । हाल उक्त बालगृहमा जम्मा २८ जना अनाथ बालबालिका रहदै आएका छन्।सदैब आमाबुबाको झै भुमिकामा देखिने मिना मैयाँ एक नमुना योग्य बालगृह सञ्चालक समितिको अध्यक्ष समेत रहेकी छिन ।


अनाथ बालबालिकालाई सिन्धु ड्रागन ग्रुपले राहत उपलब्ध गएकोमा धन्यवाद व्यक्त गर्दै भने -” स्थापना काल देखिनै विभिन्न चुनौती पार गर्दै अनाथ बालबालिकाहरुका निमित्त निस्वार्थ रुपमा समर्पित भइरहेको छु। जीवनकाल यिनै अनाथ बालबालिकाहरुको भबिस्य निर्माणको पक्षमा जुटिरहने छु।”

“आगामी दिनमा स्थानीय सरकार प्रदेश एबम संघीय सरकारका साथै विभिन्न संघसस्थाहरुलाइ सहयोगको निमित्त अपिल समेत गर्न चाहन्छु ।”उनले भनिन ।

सिन्धु ड्रागन ग्रुपले विपन्न दुई सय घर-परिवारलाई विभिन्न चरणमा इन्द्रावती गाउँपालिका भित्र खाद्यान्न राहत बितरण गरिसकेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार