आखिर किन कलाकार विवादमा तानिए ?

उज्यालो प्रतिनिधि २ जेष्ठ २०७७, शुक्रबार उज्यालो फोकस

काठमाडौं । लकडाउनका बेला संयमता अपनाउनुको साटो भेला भएर सँगै खानपिन गर्दा कलाकारहरू यतिबेला विवादमा तानिएका छन् । यही सोमबार लकडाउनकै समयमा कलाकार अनुराग कुँवरको ललितपुरस्थित हात्तीवनस्थित सिटी स्क्याप अपार्टमेन्टमा विभिन्न कलाकार तथा सञ्चारकर्मी भेला भएर खानपिन गरेका हुन् । उनीहरूले खानपिनसँगै नाचगान गरेर त्यसको भिडियो पनि बनाएका थिए । सोही भिडियोका कारण उनीहरू विवादमा तानिएका हुन् । सो क्रममा उनीहरूले कोरोना संक्रमणबाट जोगिन कुनै पनि सावधानी अपनाएको देखिँदैन ।

सोमबारको भेटघाटमा कलाकार अनुराग कुँवरको घर कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा, किरण केसी, सुमन गिरी (भान्जा), सञ्चाकर्मी रवि लामिछाने, उनकी पत्नी निकिता पौडेल, उत्सव रसाइलीलगायत थिए । सो भेटघाटमा अभिनेत्री पूजा शर्मा, दीपाश्री निरौला, निर्माता निकिता पौडेलले सँगै बसेर लालमोहन बनाएको भिडियोमा देखिएको छ । त्यसपछिसँगै खाना खाएको, समूहमासँगै बसेर तस्बिर खिचाएको भिडियो बाहिर आएको हो ।

यसरी लकडाउनको बेला यस्तो भिडियो बाहिर आएपछि कलाकार तथा सञ्चारकर्मीले लकडाउनको उल्लंघन गर्दै सामाजिक दूरी कायम नगरेको भन्ने टिप्पणी सामाजिक सञ्चालमा व्यापक आएको छ । सञ्चारकर्मी लामिछानेले लकडाउन सुरु हुँदा घरभित्रै बस्न गरेको अनुरोधको भिडियोलाई अहिले यिनीहरूको जमघटले खिल्ली उडाएको पनि टिप्पणी गरिएको छ । कोरोन संक्रमण बढेका बेला के यी सेलिब्रेटीले सामाजिक दूरी कायम गरेको यही हो त भन्ने प्रश्न पनि उठाइएको छ ।

हास्य अभिनेता दीपकराज गिरीले यो प्रसंगमा फेसबुकमा स्टाटस लेख्दै राहत वितरणपछि आफूहरू भेला भएर त्यहाँ सामान्य खानपिन मात्र गरेको दाबी गरेका छन् । आफूहरूले त्यहाँ मदिरा सेवन र नाचगान होहल्ला नगरेको पनि उनको जिकिर छ । तर, भिडियोमा भने मुखौटा लगाएर नाचगान गरेको देखिएको छ । उनले अहिले नै यसरी कलाकार साथीले यो भिडियो र तस्बिर बाहिर ल्याउनेबारे आफूले नसोचेको पनि बताएका छन् । अभिनेता गिरीले आफूहरूले कुनै गल्ती नगरेको भन्दै यसबारे समाचार लेख्ने सञ्चारकर्मीको टिप्पणी गरेका छन् । आफूहरूले राहत बाँडेको तस्बिरलाई समेत मिडियामा स्थान नदिएको बेला सामान्य खानपिनलाई इस्यु बनाइएको आरोप गिरीले लगाएका छन् । यसरी सँगै बसेर फोटो खिच्नु आफूहरूको कुनै गल्ती नभएको पनि उनको जिकिर छ ।

सञ्चारकर्मी लामिछानेले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफूलाई श्रद्धापूर्वक बोलाइएकाले त्यहाँ गएको बताएका छन् । त्यो दिन लकडाउन खुकुलो भएकाले आफूहरूले भेटघाट गरेको उनले बताएका छन् । राहत र चलचित्र उद्योगको बारे महत्वपूर्ण छलफल भएको र त्यसपछि खाना खाएर आफूहरू छुट्टिएको उनको कथन छ । तस्बिर खिच्दा सामाजिक दूरी कायम नगर्नु आफूहरूको गल्ती भएको भन्दै आउँदा दिनमा यो कुरामा ध्यान पु¥याउने उनले बताएका छन् ।

सो खानपिनको भिडियोलाई अभिनेत्री पूजा शर्माले तीन दिनअघि आफ्नो इस्न्टाग्राममार्फत सेयर गरेकी थिइन् । त्यसपछि सो भिडियो भाइरल भएसँगै यी कलाकारहरू विवादमा मुछिएका छन् । बाहिरी मान्छेलाई प्रवेश गर्न रोक लगाइएको सो अपार्टमेन्टमा उनीहरूलाई गार्डले प्रवेश गर्न नदिँदा विवाद गरेर छिरेको पनि आरोप लागेको छ । सो अपार्टमेन्टका बासिन्दाले बाहिरबाट कलाकार र सञ्चारकर्मी त्यहाँ आउँदा विरोध गरेको पनि बताएका छन् ।

यसरी लकडाउनको बेला घरमा सुरक्षित बसेर आफूलाई कोरोना संक्रमणबाट जोगाउनुपर्नेमा कलाकारले सो संयमता नअपनाई काठमाडौंबाट ललितपुर हात्तीवन पुगेर सँगै खानपिन र रमाइलो गर्दा उनीहरू विवादमा तानिएका हुन् । किरण केसीलगायतका कलाकारले भने फोटो खिच्दा सामाजिक दूरी कायम नगर्नुलाई गल्तीका रूपमा स्विकारेका छन् ।राजधानिबाट

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार