काठमाडौँ । कोरोना भाइरसका कारण हालसम्म साउदी अरबमा २८३ जनाभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै संक्रमितको संख्या ४६ हजारभन्दा बढी रहेको छ ।
विहीबारमात्रै २ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने १० जनाभन्दा बढी संक्रमितको मृत्यु भएको थियो ।
साउदी अरबमा ठुलो संख्यामा नेपाली कामदारहरु रहेका छन् ।
Facebook Comments Box