जिल्लामा पहिलो पटक स्यानिटाइजिङ टनेल सञ्चालनमा

उज्यालो प्रतिनिधि १ जेष्ठ २०७७, बिहीबार २ नं. प्रदेश

सन्तोष काफ्ले ,रौतहट । विश्वब्यापी महामारीको रुपमा तिव्र गतिमा फैलिदै गइरहेको कोरोना भाईरस (कोभिड -१९) को संक्रमणबाट सेवाग्राहिलाई सुरक्षित राख्न रौतहट जिल्लाका दुई स्थानीयतहले एकैसाथ स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याएका छन् ।

जिल्लाको कटहरिया नगरपालिका र गरुडा नगरपालिकाले रौतहटमै पहिलो पटक मंगलवारदेखी यो स्यानिटाइजिङ   टनेल संचालनमा ल्याएका हुन् । पछिलो समय विश्वका अन्य देशहरुसँगै नेपालमा पनि कोरोना भाईरस ९कोभिड(१९० को संक्रमण दिनप्रतिदिन धेरै मात्रामा बढ्न थालेपछि कटहरिया र गरुडा नगरपालिकाले यो सेवा संचालनमा ल्याएका हुन् ।

आधुनिक स्यानिटाइजिङ टनेलको प्रयोगले कोरोना भाईरसको संक्रमणलाई केही हदसम्म नियन्त्रणमा लिन मद्धत पुग्ने बिश्वास लिइएको छ । कार्यालयको प्रबेशद्धारमै राखिएको स्यानिटाइजिङ टनेलले कार्यालय आउने सेवाग्राही र कर्मचारीहरुलाई कोरोना भाईरसको जोखिम उच्च रहने हुदां उक्त मेसिनको भुमिका महत्वपूर्ण हुने विश्वास लिइएको कटहरिया नगरपालिकाका मेयर शियाराम कुशवाहाले बताउनुभयो ।
त्यस्तै ‘‘टनेल भित्र मान्छे प्रवेस गर्ने वित्तिकै त्यसमा जडान गरिएको स्वचालित मेसिनले आफै स्यानिटाईज गरिदिने व्यवस्था गरिएको छ त्यसैले यो प्रविधिको प्रयोगले कोरोनाको जोखिमलाई केही हदसम्म नियन्त्रण गर्न सकिने विश्वास लिईएको गरुडा नगरपालिकाका मेयर ईनु राय यादव बताउछन् ।

कोरोना भाईरसको प्रकोपका कारण अहिले विश्व नै जटिल परिस्थितिबाट गुज्रिरहेको अवस्थामा आफ्ना नगरबासीको स्वास्थ्य सुरक्षाको लागि मेयरद्धय कुशवाह र यादबले गरेको यस कार्यको सबैले प्रशंसा समेत गरेका छन् । नगरपालिका कार्यालयमा आउने सेवाग्राहीहरुलाई कोरोना भाईरसको संक्रमण बाट जोगाउनको निम्ती संचालनमा ल्याईएको सेनिटाइजनिङ टनेलले सेवाग्राही,जनप्रतिनिधि र कर्मचारीहरु समेतले यस मेसिनको प्रयोगबाट सुरक्षित महसुस गरेको जिल्लाका समाजसेबी युवा नेता राजकुमार दास बताउछन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार