तिब्बतमाथि कहिल्यै हवाई जहाज उड्दैन, आखिर किन ?

उज्यालो प्रतिनिधि १ जेष्ठ २०७७, बिहीबार रोचक बिचित्र

एजेन्सी । तपाईलाई थाहा छ तिब्बतमाथि कहिल्यै हवाई जहाज उड्दैन । यसको पछाडि एउटा डरलाग्दो रहस्य लुकेको छ । यसबारे थाहा पाए पछि तपाई पनि अचम्ममा पर्नुहुनेछ ।

तिब्बत एउटा उच्च थुम्का भएको क्षेत्र हो । यहाँका थुम्काहरु विश्वकै सबैभन्दा धेरै उच्च छन् । यस ठाउँलाई हिमालय पर्वतको घर पनि मानिन्छ । समुद्रभन्दा धेरै उचाईमा रहेको र भिमकाय पर्वत श्रृंखलाहरुले घेरेको हुँदा तिब्बतलाई विश्वको छाना पनि मानिन्छ ।

तिब्बत यो धरतीको ती विशेष स्थान मध्येमा एउटा हो जहाँ विमान सेवा एकदमै कम सञ्चालन हुन्छन् । वास्तवमा धेरै उचाईमा भएको कारण यहाँ विमानहरुलाई उड्न असम्भव जस्तैै हुन्छ । यसकारण विमानहरु तिब्बतको माथिबाट उड्दैनन् । यदि उड्यो भने त्यसले ज्यानलाई खतरा पुर्‍याउँछ ।

विशेषज्ञहरुका अनुसार तिब्बत विश्वको सबैभन्दा कम प्रेसर भएको क्षेत्र हो । यस क्षेत्रमा हावा कम हुन्छ यसकारण विमानलाई यहाँ उड्न अप्ठ्यारो हुन्छ । यदि विमान यहाँ उड्यो भने यात्रुहरुलाई लामो समयसम्म अक्सिजनको आवश्यकता पर्छ । जबकी विमानमा यात्रुहरुका लागि २० मिनेटभन्दा लामो समय अक्सिजन उपलब्ध गराउन सकिन्न ।

विशेषज्ञहरुका अनुसार तिब्बतको वातावरण अन्य हवाई मार्गको तुलनामा धेरै फरक छ । सगरमाथाको नजिक भएको कारण त्यहाँ जेट धाराहरु तीव्र गतिमा चल्छन् । र, एउटा विमानलाई यति गतिको जेट धाराको सामना गर्नु धेरै नै गाह्रो हुन्छ । यहाँ हवाई धावन मार्ग छन् तर विश्वका कमै पाइलटहरुले मात्र यहाँ विमान उतार्न सफल भएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार