अन्तराष्ट्रिय धादिङ समाज जिल्लाका सबै स्थानीय निकायलाई सहयोग गर्ने पहिलो संस्था

उज्यालो प्रतिनिधि २७ बैशाख २०७७, शनिबार फोटो समाचार

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ जिल्लाका १३ वटै स्थानिय निकायलाई स्वास्थ्य एवं खाद्यन्न सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै आक्रान्त भइरहेको विषम परिस्थितीलाई मध्यनजर गर्दै समाजले धादिङ जिल्लाभर स्वास्थ्य र खाद्यन्न समाग्री सहयोग गरेको हो।

दैनिक ज्याला मजदुरीबाट जीवन धान्नेहरुलाई सहयोग गरौँ, स्वास्थ्य क्षेत्रलाई अत्यावश्यक सामाग्री उपलब्ध गराऔँ” भन्ने मुल उद्देश्यको साथ सुरुभएको अभियान, पहिलो र दोस्रो गरी दुईचरणमा सम्पन्न गरिएको हो । पहिलो चरणमा स्वास्थ्य सामाग्री र दोस्रो चरणमा खाद्यान्न अन्तर्गत २३४० केजी चामल, १३० केजी नुन १३० लिटर तेल, ३२५ केजी दाल र १५ थान गन थर्मोमिटर सहयोग गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष नानुकाजी अर्यालले बताए।

पहिलो चरणको कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरि माक्स, सेनिटाइजर, पिपिई सेट, सावुन लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको प्रबक्ता राजन खकुरालले जानकारी दिए । दुवै चरणको कार्यक्रम अन्तर्गत १३ वटै स्थानिय निकायको केन्द्रसम्म नै पुगेर समाग्री हस्तान्त्रण गरिएको पनि उनले बताए ।

उक्त अभियानमा देश तथा विदेशमा रहेका सयौँ सहयोगी हातहरुको सक्रिय सहभागिता रहेको थियो । विशेष गरि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका धादिङेली र नेपालमा विभिन्न पेशा तथा व्यावसायमा आबद्ध सहयोगी मनहरुकै कारण अभियानले पुर्णता पाएको समाजले जनाएको छ ।

सामाजिक संजाल मार्फत चलाईएको सो अभियानलाई सफल बनाउन करिब ९ लाख बराबरको सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो । साथै पछि उत्पन्न हुने परिस्थितीलाई मध्यनजर गर्दै आबश्यकता अनुसार तेस्रो चरणको कार्यक्रम पनि संचालन गर्न सकिने समाजले जनाएको छ ।

दोस्रो चरणको कार्यक्रम सम्पन्न भएसंगै जिल्ला भरी रहेका स्थानिय निकायलाई स्वास्थ्य र खाद्यान्न सामाग्री पुर्याउने संस्थाहरुमा अन्तर्राष्ट्रिय धादिङ समाज पहिलो र एकमात्रै संस्था समेत बनेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार