‘यो तरिकाले पार्टी र सरकार चल्न दिँदैनौँ, अब भिडने नै हो’ (भिडियोसहित)

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार अन्तर्वार्ता

टोपबहादुर रायमाझी नेकपाका स्थायी कमिटि सदस्य हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका उनलाई नेकपाभित्र अहिले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली खेमातिर लागेको आरोप छ । नेकपाको स्थायी कमिटि बैठक माग गर्न हस्ताक्षर गर्नेमध्ये उनी पनि एक हुन् । प्रस्तुत छ, रायमाझीसँग उज्यालो नेटवर्कका प्रधान सम्पादक बुद्ध लोप्चनले गरेको कुराकानीको सम्पादित अंश ।

नेकपामा अहिले के भइरहेको हो ?
विश्व कम्युनिष्ट आन्दोलन अत्यन्त रक्षात्मक अवस्थामा पुगिरहेको बेलामा हामीले राजनीतिक व्यवस्था र कानुनमा परिवर्तन ल्यायौँ । नेपालमा छरिएका र मुख्य गरी दुई कम्युनिष्ट पार्टी माओवादी र एमाले एकता गरेर दक्षिण एसियाकै सबैभन्दा ठूलो पार्टी बनायौँ । नेकपामा अहिले जे समस्याहरु देखा परेको छ, त्यसलाई म अन्यथा मान्दिँन । अहिले पार्टीसँग जति पनि अन्तरविरोध देखा परेको छ, त्यसलाई अन्यथा मान्न आवश्यक छैन । लकडाउनको अवस्थामा यो अन्तरविरोध आउनु ठीक थियो या थिएन भन्ने एउटा कुरा होला, तर अहिले आत्तिनुपर्ने कुनै कारण छैन ।

नेतृत्व तहमै बाझाबाझ भएपछि त कार्यकर्ता आत्तिनुपर्दैन र ?
अन्तरविरोधले पार्टी फुट्ने भए हामीले गरि खाँदैनौँ । त्यसकारण पार्टी यही अन्तरविरोधले फुट्छ भन्ने निष्कर्षमा म छैन । पार्टीभित्र जति पनि समस्या छन्, अन्तरविरोध छन्, त्यसको समाधान गरेर पार्टी एकताबद्ध गरेर अगाडि जान सकिन्छ भन्ने मलाई विश्वास छ ।

तर, तपाईको पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले त पार्टी फुटाउनुपर्ने हुन सक्छ, तयार भएर बस्नुस भनेर निर्देशन नै दिनुभएको खबर आयो, अनि तरंगित नभएर कसरी बस्नु ?
त्यस्तो प्रकारका पक्ष प्रतिपक्षहरु हुन सक्छन्, तर मलाई जानकारी छैन । र पनि त्यो सम्भावना म देख्दिन ।

अध्यादेश ल्याउनु ठीक थियो ?
फिर्ता भएपछि बेठीक सावित भइसक्यो ।

प्रधानमन्त्रीको राजीनामा माग्नु ठीक थियो ?
कसैले राजीनामा दिएर ठीक हुन्छ, कसैले एक व्यक्ति एक पद, बजेट ल्याउनुपर्ने बेलामा लगायतका विचारहरु छन् ।

तपाईको विचार चाहिँ के हो ?
म पार्टीभित्र राख्छु । यी भनाई, तर्कहरु जो आइरहेको छ, हामीले पार्टीको स्थायी कमिटि बैठकमा राख्छौँ । त्यसपछि निष्कर्षमा पुग्छौँ ।

स्थायी कमिटिमा तपाइहरु प्रश्न उठाउनुहुन्छ ?
प्रश्न हामी सबैले उठाउँछौँ । समस्या हलका लागि पार्टी अध्यक्ष र प्रधानमन्त्रीले कुन स्तरबाट विचारहरु राख्नुहुन्छ, हामी त्यो हेर्छौ । कोही पनि निषेधको रुपमा अगाडि बढ्नुहुन्न । पार्टीलाई यो संकटमा नेतृत्वले ठीक ढंगबाट नेतृत्व गर्नुपर्छ ।

नेकपा अब फुट्दैन होइन त ?
फुट्दै फुट्दैन ।

अहिलेको सरकार कति सफल ?
सरकार र पार्टीका काम कार्यकर्ता, जनता र राज्यलाई उत्साहित पार्ने खालका छैनन् । जनतामा, कार्यकर्तामा, नेताहरुलाई सन्तुष्ट पार्ने खालका गतिविधिहरु छैन ।
त्यसकारण सरकार, पार्टी र नेताहरुलाई सच्चिनका लागि यो बैठक डाक्नका लागि माग गरेका हौँ । अन्तरविरोधलाई हल गरेर नयाँ ढंगबाट अगाडि बढाउन नै बैठक बोलाएका हौँ ।

भनेपछि यहीँ ढंगबाट सरकार र पार्टीलाई चल्न दिनुहुन्न ?
हो, यही ढंगबाट पार्टी र सरकार चल्न दिँदैनौँ । यहीँ ढंगबाट चलेको खण्डमा पार्टी दुर्घटना हुन्छ । फेरि यस्तो अवस्था आयो भनेर पार्टी फुटाउनु पनि ठीक हुँदैन ।

तपाईले क्याम्प परिवर्तन गर्नुभयो भन्ने आरोप छ, खासमा कुरा के हो ?
मलाई यस्ता आरोपहरु बेला–बेला लाग्ने गरेकै हो । सानोतिनो विवादले, समस्याले, ठूलै समस्यासँग पनि डराएर, भागेर पार्टी बदल्ने, नयाँ क्याम्पमा जाने मेरो प्रवृत्ति होइन । पार्टीभित्रका थुप्रै संघर्षसँग जुट्दै आएका छौँ ।

हामीले पूर्व माओवादी, एमाले लगायतका पार्टी खारेज गरिसक्यौँ, ध्वस्त बनाइसक्यौ, अहिले हामीले नेकपा बनाएका छौँ । मेरो पुरानो क्याम्प ध्वस्त भइसक्यो, अब मैले क्याम्प कसरी बदल्ने ? न म कुनै क्याम्पमा छु, न कुनै क्याम्पमा छु ।

नेकपा फुट्छ कि भन्ने चिन्तामा रहेका कार्यकर्तालाई के भन्नुहुन्छ ?
तपाई सानो पार्टी भन्नुस्, या ठूलो पार्टी भन्नुस्, कयौँ, मन मिल्दने, असन्तुष्टि र असहमति पनि हुन्छ । त्यति हुँदैमा पार्टी फुट्ने हो भने व्यक्ति–व्यक्तिको पार्टी हुन्छ । त्यसकारण नेताहरुले गर्ने के हो भने, देखाउने क्षमता के हो भने पार्टी चलाउन विशाल हृदय चाहिन्छ, त्यो योग्यता र क्षमता चाहिन्छ । विचार र कार्यक्षमताले नेतृत्व गर्ने हो । विचार आउनेबित्तिकै तर्सिने, समस्या आउनेवित्तिकै तर्सिने, अन्तरविरोध हुनेवित्तिकै तरसिने होइन, त्यसमा भिड्ने हो, पार्टीलाई एकताबद्ध बनाएर जाने हो । अन्तरविरोध आउनेवित्तिकै चिन्ता हुने होइन । यसमा त भिडेर समस्याको समाधान निकाल्नुपर्छ ।

भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार