बाँकेमा लकडाउन थप कडाइ

उज्यालो प्रतिनिधि १९ बैशाख २०७७, शुक्रबार लुम्बिनी

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि बिहान १० बजेदेखि औषधि पसलबाहेक सम्पूर्ण व्यवसाय बन्द गराएको छ । कोभिड–१९ सङ्क्रमणका लागि जारी बन्दाबन्दी उल्लङ्घन गर्नेको सङ्ख्या बढ्दै गएपछि प्रभावकारी बनाउन सो समय औषधि पसलबाहेक सम्पूर्ण पसल व्यवसाय बन्द गराउनुपरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार १० बजेपछि अनुमतिबाहेकका सवारी साधन हिँडडुलमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी औषधि पसलबाहेक फलफूल, दूध, तरकारी, माछा मासुलगायत अत्यावश्यक सेवाका सम्पूर्ण पसलमा बिक्रीवितरण बन्द गर्न आग्रह गरेको छ ।

यसअघि जिप्रकाले अपराह्न ४ बजेदेखि औषधि पसलबाहेक अन्य सम्पूर्ण पसलमा बिक्रीवितरण बन्द गराउँदै आएको थियो । बन्दाबन्दीको अवज्ञा गरेमा कानूनबमोजिम कारवाही गरिने सहायक प्रजिअ उपाध्यायले बताए ।

पुजारीको स्वाब सङ्कलन

बागेश्वरी मन्दिरका मूल महन्त चन्दनाथ योगी, मन्दिरका पुजारी र कर्मचारी गरी सात जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार मन्दिर परिसरबाट हिन्दू धर्मगुरुसहित जिल्लाका विभिन्न स्थानीय तहका एकान्तबासमा रहेका व्यक्ति गरी ४० जनाको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जको दशगजामा २३ दिन एकान्तबास बसेर घर फर्किएका बैजनाथ गाउँपालिकाका ११ , डुडुवाको हिरमिनियास्थित एकान्तबासमा रहेका १५ , नेपालगञ्ज उपमहानगरपालिकाका १३, उदयपुरका तीन जनालगायतको स्वाब सङ्कलन गरिएको छ ।

नहरचोक–साहदतपुर सडक निर्माण शुरु

बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिका जोड्ने नहरचोक–साहदतपुर सडक निर्माण शुरु गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमा सामाजिक दूरी कायम गर्दै सडक निर्माणको काम शुरु गरिएको हो । जानकी –४ नहरचोकदेखि साहदतपुर हुँदै खजुरा –२ सीगाउँ जोड्ने यो सडक गाउँपालिकाकै प्रमुख सडक पिप्रहवा–नहरचोक लिङ्करोडको सहायक मार्गका रुपमा निर्माण गर्न थालिएको जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिए ।

एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भैरवनारायण जेभीले ठेक्का पाएको छ । गाउँपालिकाको रु डेढ करोड र प्रदेश सरकारको रु डेढ करोड लगानीमा सडक निर्माण शुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । दुई किलोमिटर लम्बाइको सो सडक चार मिटर चौडाइको हुने र त्यसमध्ये पौने ४ मिटर कालोपत्रे गरिने प्राविधिक प्रमुख निसार अहमद दर्जीले बताए । नहरचोकदेखि पिप्रहवा जोड्ने जानकी गाउँपालिकाको प्रमुख सडक निर्माणको काम पनि भइरहेको छ ।

सो सडक निर्माणपछि जानकी –२, ४ र खजुरा– २ का नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक निर्माणको जिम्मा पाएको भैरवनारायण जेभीका सञ्चालक सतिश आचार्यले चालु आर्थिक वर्षको असार मसान्तसम्म ग्राभेल गरिसक्ने र निर्धारित समयमा सम्झौतानुसारको पक्की सडक निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने गरी काम शुरु भएको बताए । जानकी गाउँपालिकाले चालु आवमा सम्पन्न गरिसक्नुपर्ने अन्य सडक तथा पूर्वाधार निर्माणका काम समेत पुनःसञ्चालन गरेको प्राविधिकले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार