सामाजिक सञ्जालमार्फत विद्यालयले लिन थाल्यो भर्ना

उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार शिक्षा

मेलम्ची । नयाँ शैक्षिक सत्रका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयले गत आइतबारदेखि भर्ना शुरु गरेका छन् ।

सामाजिक सञ्जाल, फोन तथा म्यासेञ्जरबाट नयाँ भर्ना लिन शुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

दुई हप्ताअघि गाउँपालिकाका सबै सामुदायिक विद्यालयले अनलाइनबाटै कक्ष १ देखि ९ सम्मको परीक्षाफल प्रकाशित गरिसकेका थिए ।

‘अहिले भर्ना भएका विद्यार्थीलाई वडाध्यक्षको समन्वयमा विद्यार्थीको घर घरमा पुगेर उनीहरुलाई किताब र पोशाक पुर्‍याउनुपर्ने भएकाले भर्ना अभियान शुरु गरिएको हो’, उनले भने ।

यसअघि बसेको पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा समितिको बैठकमा कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी सम्बधित वडाका वडाध्यक्षसँग समन्वय गरी विद्यालयले भर्ना अभियान शुरु गर्ने निर्णय भएको थियो ।

सो जोखिमबाट बच्न सामाजिक दूरी कायम गरी नियमित विद्यालय प्रशासन सञ्चालन भइरहेको छ । हाल सो गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् भने झण्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार