उबा महासंघ प्रदेश ५ का अध्यक्ष तिवारीद्धारा पत्रकारहरुलाई प्रेस ज्याकेट प्रदान

१४ बैशाख २०७७, आईतवार ०६:५९ मा प्रकाशित

रबिन्द्र यादव , नवलपरासी पश्चिम । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले आफनो गृह जिल्लाका पत्रकारहरुलाई ७५ वटा प्रेस ज्याकेट उपलब्ध गराएका छन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी लकडाउनका बेला फिल्डमा खटेर काम गर्न पत्रकारहरुलाई सहज होस भनि अध्यक्ष तिवारीले व्यक्तिगत रुपमा प्रेस ज्याकेट उपलब्ध गराएका हुन् ।

अध्यक्ष तिवारीले, यस प्रेस ज्याकेटले फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुलाई पहिचान गर्न सहज हुने र यस्तो लकडाउनका बेला ठाउँ ठाउँमा कार्ड देखाउने र परिचय दिने झन्झटबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

उक्त ज्याकेट महासंघका अध्यक्ष हरि शर्माले संस्थागत रुपमा ग्रहण गरि महासंघमा आवद्ध पत्रकारहरुलाई वितरण गर्ने जानकारी दिएका छन् । प्रेस ज्याकेट पाएपछि पत्रकारहरुको मनोबल बढनुका साथै खुशी पनि व्यक्त गरेका छन् । यसअघि तिवारीले पत्रकारको लागि माक्स समेत वितरण गरि सक्नु भएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार