माझी युवा क्लबको सकृयतामा भुम्लुमा कोरोना भाइरस बारे जनचेतनामुलक कार्यक्रम

उज्यालो प्रतिनिधि १३ बैशाख २०७७, शनिबार बागमती

काभ्रे । भुम्लु गाउँपालिका वडा नं ६ कोलाती भुम्लुमा माझी युवा क्लब र ६ नं वडा कार्यलयको सहकार्यमा कोरोना भाइरस जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

विश्वव्यापी महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड्-१९ ) बारे टोल -टोलमा पुगी कोरोना भाइरस बारे जनचेतनामुलक कार्यक्रम साथै बढी भिड्भाड हुने कोलाति भुम्लु बजार क्षेत्रमा किटनाशक औषधी छर्किएका थिए भने क्लबले वडा स्वास्थ्य चौकिमा केही थान स्यानिटाइजर हस्तान्तरण गरेका थिए ।  

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेको सन्दर्भमा वडामा बसोबास गर्दै आएका स्थानीय बासिन्दाको स्वास्थ्यलाई मध्यनजर गरि पुर्वसावधानी स्वरुप जनचेतनामुलक प्रचार प्रसार कार्यक्रम गरिएको क्लबका अध्यक्ष पुरुषोतमा माझिले बताउनु भयो ।

कोरोना भाइरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखापर्ने भएकोले यस्तो लक्षण फ्लुसँग मिल्दोजुल्दो हुने भएकोले रुघाखोकी लागेका व्यक्तिबाट सतर्क रहन जरुरी रहेको पनि बताइएको छ । यस्ता लक्षण देखापरे नजिकको स्वस्थ्य संस्थामा गई चेकजाँच गराउनसमेत कार्यक्रममार्फत अपिल गरिएको छ ।

माझी युवा क्लबले माझी भाषा,संस्कृति संरक्षण तथा विभिन्न जनचेतनामुलक सामाजिक कार्यहरु गर्दै आइरहेका छन ।

उक्त कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष भरत बहादुर शिवभक्ती, जनता माविका प्रध्यानाध्यापक रोशन थपलिया, नेपाली कांग्रेसका कार्यकर्ता नवराज उप्रेती, वडा नं ६ का स्वास्थ्यकर्मी र सुरक्षाकर्मी साथै क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार