सन्तोष काफ्ले,रौतहट । जिल्लाको ग्रामिण भेगतिर अधिकाँश किराना पसलहरुले कालोबजारी गर्न थालेपछि उपभोक्ताहरुले गुनासो गर्न थालेका हुन् ।
नोबेल कोरोना भाईरस (कोभिड–१९) को माहामारीका कारण भएको लकडाउनको बहाना बनाई जिल्लाको मुख्य बजार चन्द्रपुर,गरुडा, गौर,कटहरीया,समनपुर लगायत बिभिन्न ग्रामिण भेगका दैनिक उपभोग्य सामाग्री बिक्रिवितरण गर्ने अधिकांश किराना पसलेहरुले कालोबजारी गर्न थालेको उपभोक्ताहरुको गुनासो रहेको छ ।
म्यादनाघेका,कमतौल र गुणस्तरहिन सामाग्रीहरु चर्को मुल्यमा बिक्रिगरी उपभोक्ता ठगी गरिरहेको भन्दै गत मंगलबार मात्र उपभोक्ता हित संरक्षण मंच,रौतहटले बढ्दो कालोबजारी रोक्न एक बिज्ञप्ती जारी गरेको थियो ।
सो बिज्ञप्ती मार्फत मंचका अध्यक्ष टिका घिमिरेले नोबेल कोरोना भाईरसका कारण भएको लकडाउनबाट समस्यामा परेका उपभोक्तालाई सर्भशुलभ सेवा प्रवाह गर्नुको विपरित किराना पसलेहरुबाट भईरहेको बढ्दो कालाबजारी तथा उपभोक्ता ठगी कार्यलाई रोक्नको लागि नियमनकारी निकाय प्रहरी÷प्रशासन, नगरपालिका र उद्योग बाणीज्य संघले ठोस तथा परिणाममुखी छड्के स्थलगत अनुगमन र कार्वाहीलाई तत्काल अघि बढाउन माग गरेका थिए ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघका सचिव सुनिल कुमार साहका अनुसार,चन्द्रनिगाहपुरका किराना पसलहरुले उपभोक्ताहरुलाई सहजरुपले खाध्यान्नका सामाग्री उपलव्ध नगराएकोमा चन्द्रपुर नगर उद्योग वाणिज्य संघले त्यस्ता पसलहरुको बिरोध गर्दै आएको छ ।
चन्द्रपुरमा व्यापारीहरुले कालोबजारी गरेको पाईएमा संघले त्यस्ता व्यापारीहरुलाई कडा कार्वाही गर्ने सचिव साहले बताएका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका कार्यालय तथा ईलाका प्रशासन कार्यालयको समन्वयमा चन्द्रपुर नगर उद्योग वाणिज्य संघले लकडाउनकै समयमा भएपनि पटक पटक कालोबजारी,उपभोक्ताको सहजिकरण लगायतका विषयमा बैठक बस्दैआईरहेको सचिव साहले जानकारी दिएका छन् ।