कोरोना संक्रमित आमाले जन्माइन स्वस्थ बच्चा

उज्यालो प्रतिनिधि ११ बैशाख २०७७, बिहीबार प्रवास

एजेन्सी । भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्चा जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् ।

उनले जन्माएको शिशुमा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । तर ती शिशुको परीक्षणबाट उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । पश्चिम बंगालको उलुबेरिया भन्ने स्थानमा रहेको अस्पतालमा उनले शिशु जन्माएकि हुन् । शिशुमा कोरोनाको संक्रमण देखिएको छैन र उनलाई आमाभन्दा छ फिट पर राखिएको जनाइएको छ ।

आमा र नवजात शिशुको उपचारका लागि उक्त अस्पतालले चिकित्सकहरुको विशेष टोली खटाएको जनाएको छ । उक्त टोलीमा प्रसुती रोग विशेषज्ञहरुका साथै भाइरल रोगका विशेषज्ञहरु पनि रहेका बताइएको छ ।

समाचारमा जनाइएअनुसार ती आमाले जन्म दिने नवजात शिशुमा पनि कोरोनाको संक्रमण हुने हो कि भन्ने ठूलो त्रासमा त्यहाँका चिकित्सक र स्टाफ नर्सहरु रहेका थिए । तर पनि सोमबार बिहान बच्चा जन्मिएपछि उनको परीक्षणबाट ती शिशु संक्रमित नरहेको समाचारले भने अस्पतालमा खुशी दिलाएको बताइएको छ ।

त्यसैले ती शिशुलाई पनि सामाजिक दुरी कायम गरेर आमाभन्दा ५ फिट पर राखिएको छ भने आमा र बच्चाको स्याहार र उपचारमा चिकित्सकहरुको विशेष टोली खटाइएको छ । ती आमाले सोमबार बिहान शिशुलाई जन्म दिएकी हुन् । नवजात शिशु २.५ किलोग्राम वजनको र स्वस्थ्य अवस्थामा रहेको सो अस्पतालले जनाएको छ ।

त्यस अस्पतालमा अरु पनि कोरोनाका संक्रमितहरुको उपचार जारी रहेको सो अस्पतालले जनाएको छ । ती आमालाई उक्त शिशुलाई दुध चुसाउन दिइएको छ । आमा छोराको उपचार र हेरचाहका लागि अस्पतालका केही कर्मचारी खटाइएको छ ।

शिशु र उनको आमालाई उनको बुबाले भिडियो कन्फ्रन्सिङमार्फत हेर्ने व्यवस्था मिलाइएको थियो । सुत्केरीका आफन्तहरुलाई भने अस्पताल आउन दिइएको छैन । उनका कतिपय अस्पतालका चिकित्सक र कर्मचारीहरु पनि कोरोना संक्रमित भएका समाचार आएका छन् । मुम्बईमा पनि दुई जना चिकित्सक र अरु पाँचजना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको बुधबार मात्र बताइएको थियो ।

प्राप्त समाचारअनुसार मुम्बइका दुई जना चिकित्सक र पाँच जना स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी सो अस्पतालका अर्का एकजना कर्मचारी पनि यसबाट संक्रमित भएका बताइएको छ ।
भारतमा यहाँको राजधानी नयाँ दिल्लीमालगायत यहाँका कैयौँ शहरमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन नयाँ नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेका समाचारहरु आइरहेका छन् ।
महाराष्ट्र राज्यमा कारोनाबाट कैयौँ पत्रकार संक्रमित भएका समाचार आएको छ भन्दै उनीहरुको उपचारका लागि यहाँको सरकारले विशेष व्यवस्था गरेको जनाएको छ । भारतमा पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको संख्या निकै बढ्दै गएको छ । यहाँ बिहीबार प्राप्त समाचारमा २१ हजार ३९३ जना।संक्रमित भएका छन् भने ,६८१ जनाको मृत्यु भएको बताइएको छ । –एएनआई

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार