सम्मानित व्यक्तिप्रति अनास्था फैलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ

उज्यालो प्रतिनिधि १० बैशाख २०७७, बुधबार बागमती

मकवानपुर । सम्मानित संस्थाका व्यक्तिहरु उपर अनास्था फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने ४५ वर्षीय गोपी बल लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लामाले सम्मानित संस्थाका व्यक्तिहरु उपर अनास्था फैलाउने उद्देश्यले फोटो संम्पादन गरी स्ट्याटस समेत लेखि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने कार्यमा संलग्न रहेको पाइएपछि उनलाई महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा उपमहानगरपालिकाबाट पक्राउ गरेको हो ।

उनलाई बिद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान गरी कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार