घर लड्यो, नत खानलाई चामल न बस्न त्रिपाल

उज्यालो प्रतिनिधि ९ बैशाख २०७७, मंगलवार २ नं. प्रदेश

सन्तोष काफ्ले, रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर सात स्थित नँयाबस्ति कटानीका केहि बासिन्दाहरु घर विहिन भएका छन् ।
गत शनिबार आएको विनाशकारी हावाहुरी सँगै आएको असिना पानीको कारण कसैको घरको छाना उडायो त कसैको घरनै लडायो ।

नँयाबस्ति कटानीका बासिन्दा जादोलाल महराको गत शनिबार आएको असिना पानी सँगै हावाहुरीले सम्पुर्ण परिवार सुतिरहेको बेला घरछेउमै रहेको बिशाल रुख लड्दा महराको घरनै ध्वस्त भएपछि उनिहरुको परिवार घर विहिन भएका छन् ।महराका अनुसार,घर लडेपछि हाम्रो विचल्ली भयो । चन्द्रपुर नगरपालिका वडा नम्बर सातबाट आएको राहत सामाग्री पनि सकिन लाग्यो,अब केहि बाकी रहेको रासन पनि सकिन्छ अव हामि के गर्ने होला ।

लेवर काम गर्दै आएका महरा लकडाउनले अहिले घरमै बस्नुपर्ने बाध्यता रहेको बताउछन् । उनका परिवारमा दुई छोरा र एक श्रीमति सहित चार जनाको परिवार रहेको महरा बताउछन् । घरमा रुख लडेर घरनै ध्वस्त हुदा मेरो श्रीमतिको ढाडमा गभिर चोट लागेको महराको भनाई रहेको छ । एक तिर श्रीमतिको एैया आथा र अर्कोतिर विनाशकारी हावाहुरी,असिनापानीको चपेटा ।

सोही गाँउका अर्को स्थानिय बासिन्दा दिनकर मुखियाको गत शनिबार रातिनै घरनै लड्यो । दुई परिवार मात्र रहेको मुखियाको विनाशकारी हावाहुरी,असिना पानीले घरनै लडेपछि रातभर प्लास्टिक ओढेर बस्नुपर्ने बताउछन् । नखानेकुरा छ नत बस्ने व्यवस्था । मुखीया भक्कानिदै भन्छन् तिन दिन भयो केहि खान पाएको छैन् ।

सोही गाँउ नँयाबस्तिकै अर्को पिडित रिता देविरामको झन बिजोग रहेको उनि बताउछिन् । घर लडेर छिमेकीकोे घरमा बस्न बाध्य भएको बताउछिन् । जिविकोपार्जनको लागि पालेको एक थान बाख्रा समेत पनि घर लड्दा थिचिएर मरेको बताउछिन् । यसै गरि सोही गाँउकै राम ईश्वर राय,उपेन्द्र रामको घरनै लडेपछि घर बिहिन भएका छन् । वडाले दिएको राहत समेत पानिले भिजेर बिग्रीएको उनिहरुको भनाई रहेको छ । स्थानियका अनुसार यहाँका वडा अध्यक्ष बिष्णु उप्रेति आनुभएको थियो,तपाईहरुको लागि छिट्टै केहि व्यवस्था गर्छु भनेर आश देखाएर जानुभएको आज तीन–चार दिन भैसक्यो अनुहार देखाउन पनि आउनुभएको छैन् ।

नयाँबस्ति कटानीका स्थानिय नेता राजेश बानियाका अनुसार,यस्ता विपन्न परिवारहरुलाई स्थानिय सरकारले बास्ता नगरेर कानका तेलहालेर बसेको बताएका छन् । यस्तो घटनालाई मध्यनजर गरी स्थानिय सरकारले त्रिपाल तथा केहि खाध्यान्नको तत्काल व्यवस्था गरिदिन बानियाँले आग्रह गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार