भ्याली बोर्डद्वारा ट्याङ्कर चालक र सह चालकका लागि सुरक्षाका सामग्रीहरु सहयोग

उज्यालो प्रतिनिधि ९ बैशाख २०७७, मंगलवार फोटो समाचार

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कोरोना भाइरस (कोभिड-१९ ) को सम्भावित जोखिमबाट सुरक्षित रहन भन्दै उपत्यका भित्र खानेपानी वितरण गर्ने ट्याङ्कर चालक र सह चालकका लागि आवश्यक सामग्रीहरु सहयोग गरेको छ ।

बोर्डले काठमाडौं उपत्यका भित्र खानेपानी आपूर्ति गरिरहेका निजी क्षेत्रका ट्याङ्कर चालक र सह चालकका लागि शुक्रवार आवश्यक सुरक्षाका सामग्रीहरु सहयोग गरेको हो । बोर्डका कार्यकारी निर्देशक डा सन्जिब बिक्रम राणा र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले मास्क, स्यानिटाइजर, हेजर, र पन्जा लगायतका सामग्रीहरु निजी क्षेत्रका ट्याङ्कर व्यवसायीहरुलाई हस्तान्तरण गर्नुभयो ।

उपत्यका भित्र ट्याङ्कर मार्फत खानेपानी वितरण कार्यमा प्रत्यक्ष रुपमा सहभागी हुने चालक र सह चालकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बोर्डले सहयोग गरेको कार्यकारी निर्देशक राणाले बताउनु भयो । बोर्डले आफ्नो १४ औ वार्षिकोत्सवको दिनमा आज निजी क्षेत्रका ८ वटा व्यवसायी संघ र केयुकेएलका ट्याङ्कर चालक र सह चालकका लागि सहयोग गरेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार