७ बैशाख २०७७, आईतवार

अलपत्र यात्रुका लागि मिर्चैयामा ‘निःशुल्क चाउँचाउँ बिस्कुट पानी सहयोग

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ७ बैशाख २०७७, आईतवार फोटो समाचार
56Views
Shares

गणेश कुमार ठाकर, सिरहा । कोभिड–१९ को महामारीबाट बचाउन गरिएको लामो लकडाउन पछि घर हिँडेका मजदुरलाई सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६ कटारी चौकका व्यपारीहरुद्धारा पैदल हिँडेका मजदुरलाई चाउँचाउँ,बिस्कुट र पानी वितरण गरिएको छ ।

 

दैनिक जिवनयापनको लागी देशका विभिन्न भागमा पुगेका  निमुखा नागरिक श्रमिक काम गर्ने ठाउँमा राहत र वस्ने उचित व्यवस्था सरकारले नदिएकोले भोक भोकै बाटोमा हिडिरहेका छन । लगभग सैयौं किलोमिटर भोक भोकै यात्रा गरिरहेका छन् । मजदुरहरूको गाँस, बाँस र यात्राको उचित व्यवस्थापन नभएकोले बाध्य भएर हिड्नु परेको बाटो हिडने यात्रुहरुले बताए ।

यो पनि पढ्नुहोस् ...  कामीडाॅंडामा खानेपानी सम्बन्धी ३ दिने अभिमुखीकरण तालिम सम्पन्न

‘सुरुमा भरत महासेठ, एकलाख हुसेन, बिकरू यादवले चाउँचाउँ,बिस्कुट र पानी वितरण गरे, पछि मिर्चैया नगरपालिका वडा नं.६का व्यवसायीहरुको पनि साथ र सहयोग पाइरहेको छु’ रामनगर मिर्चैया उधोग वाणिज्य संघ मिर्चैया सचिव भरत महासेठले भने–‘चौकभरिका व्यवसायीहरुले चिउरा, भुजा, दालमोट, चाउचाउ, विस्कुट र पानि लगायतका सामाग्री उपलब्ध गराईरहेका छन, सोही सामाग्रीहरु राजमार्ग भएर हिँड्दै गईरहेका यात्रुहरुलाई दिदै आएको छु ।”

यो पनि पढ्नुहोस् ...  काठमाडौं कपन बस्ने युवतीलाई कोरोना संक्रमण

व्यवसायीहरुले अलपत्र परेका यात्रुहरुलाई गन्तव्यसम्म पुर्याएर सहयोग गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग आग्रह समेत गरेका छन ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार