रेबिजबाट एक पुरुषको ज्यान गएपछी ६० जना स्थानीयवासीलाई भ्याक्सिन

उज्यालो प्रतिनिधि ४ बैशाख २०७७, बिहीबार समाचार

गोरखा । गोरखाको शहिद लखन गाउँपालिका–६ रानागाउँका ६० जना स्थानीयवासीलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ । स्थानीयवासी खिलबहादुर थापाको कुकुरको टोकाईपछि रेबिज लागेर मृत्यु भएसँगै मृतकका परिवारसहित गाउँका अन्यलाई भ्याक्सिन लगाउन शुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।

गत पुसमा कुकुरले टोकेको तर उपचारमा हेलचक्राई गरेका थापामा एक्कासी ज्वरो आउने र काम्ने समस्या देखिएपछि उपचारका लागि चैत २७ गते गोरखा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि काठमाडाैंको टेकु अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा थापाको चैत २९ गते मृत्यु भएको थियो ।

‘अस्पतालले थापाको मृत्यु रेबिजका कारण भएको पुष्टी गरेपछि मृतकका घरपरिवार र उहाँको सम्पर्कमा रहेका सबैको पहिचान गरी रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको हो’, शाखा प्रमुख श्रेष्ठले भने, ‘पहिलो चरणमा चैत ३० गते ५२ जना र हिजो ८ जनालाई पहिलो चरणको भ्याक्सिन लगाइएको छ ।’

प्रमुख श्रेष्ठले टोलमा रेबिज रोग फैलन सक्ने जोखिमलाई ख्याल गरी थापाको परिवार, छरछिमेकी र मृत्यु संस्कारमा सहभागी सबैलाई भ्याक्सिन लगाउन शुरु गरिएको बताए । ‘उहाँहरु सबैलाई ३ चरणसम्म रेबिज बिरुद्धको भ्याक्सिन लगाउनुपर्छ’, उनले भने, ‘सबैलाई गाउँपालिकाको समन्वयमा निःशुल्करुपमा घरमै पुगेर भ्याक्सिन लगाउन शुरु गरिएको छ ।’ गोरखाको सिरानचोक गाउँपालिकामा पनि एकसाता अघि रेबिज लागेर एक पुरुषको मृत्यु भएपछि गाउँका ४० जनालाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको थियो । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार