गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादन गर्ने व्यक्तिलाई खाद्यान्न बिक्री गर्न रोक

उज्यालो प्रतिनिधि ४ बैशाख २०७७, बिहीबार समाचार

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादन गर्ने व्यक्तिलाई खाद्यान्न बिक्री नगर्न व्यवसायी तथा स्थानीयवासीलाई आग्रह गरेको छ । लकडाउन लम्बिँदै जाँदा खाद्यान्न अभाव हुन सक्ने भएकाले गाउँपालिकाले मदिराजन्य सामग्री उत्पादन गर्ने उद्देश्यसहित हुने खाद्यान्न खरीदबिक्रीमा रोक लगाएको हो ।

गाउँपालिकाले मदिरा उत्पादन गर्ने व्यक्ति, समूह वा व्यवसायीलाई खाद्यान्न बिक्री नगर्न स्थानीय व्यवसायीलाई आग्रह गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै खाद्यान्नको प्रयोग गरी मदिराजन्य पदार्थको उत्पादन गर्न पूर्ण रुपमा बन्देज गरेको छ । गाउँपालिकाको निर्देशन पालना नभए कानूनी कारवाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताए । उक्त गाउँपालिकाले धान, मकै, कोदोलगायत स्थानीय खाद्य उत्पादन विक्री वितरण नगर्न समेत स्थानीयवासीलाई आग्रह गरेको छ ।

स्वाबको रिपोर्ट नेगेटिभ
शीघ्र निदानात्मक परीक्षणका क्रममा क्वारेन्टाइनमा रहेका व्यक्तिबाट सङ्कलित स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ । आरडिटी गरिएका १२९ जनामध्ये कोभिड–१९ सँग केही लक्षण मिल्ने स्वास्थ्य समस्या भएका ११ जनाको स्वाब सङ्कलन गरिएको थियो । सङ्कलित स्वाबको कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणबाट नतिजा नेगेटिभ आएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ । यसैगरी होम क्वारेन्टाइनमा बसेका १३ जनाको पनि आरडिटी नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

४५ सय घरमा राहत
छ स्थानीय तहले राहत वितरण थालेका छन् । लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदूर तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई राहत वितरण थालिएको हो । जिल्लाको फिदिम नगरपालिकाले करीब एक हजार, याङ्वरक गाउँपालिकाले ३३९, हिलिहाङले ११३९, फालेलुङले एक हजार १४३ , फाल्गुनन्दले ४९० तथा कुम्मायकले ४५२ परिवारलाई राहत वितरण गरिरहेका छन् । तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाले भने राहत वितरणका लागि प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गरिइएको जनाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार