आज ४ वटा अन्तर्राष्ट्रिय उडान हुने, बेलायत, जापान र कोरियाले आफ्ना नागरिक लैजाने

उज्यालो प्रतिनिधि २८ चैत्र २०७६, शुक्रबार समाचार

काठमाडौं। बेलायत,जापान र काेरियाले कोरोना भाइसर संक्रमणका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई शुक्रबार (आज) आफ्ना मुलुक लैजाने भएका छन्। बेलायतले शुक्रबार दिउँसो १ बजे टाइटन एयरमार्फत नेपालमा रोकिएका आफ्ना नागरिक लैजान लागेको हो

कोरोना भाइरस संक्रमणपछि नेपालले मुलुकभर लकडाउन घोषणा गरेपछि बेलायतलगायत मुलुकका नागरिक नेपालमा रोकिएका थिए। यसअघि अन्य मुलुकले नेपालबाट आफ्ना नागरिक लगिसकेका छन्। बेलायतले टाइटन एयरको एडब्ल्यूसी १०१ जहाजमार्फत आफ्ना नागरिक लैजान लागको हो।

यसैगरी शुक्रबार नै कोरियाले पनि नेपालमा अड्किएका आफ्ना नागरिक लैजाने भएको छ। आफ्ना नागरिक लिन कोरियन एयरलाइन्सको जहाज शुक्रबार दिउँसो तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने र साँझ पाँच बजे फिर्ता हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

यसैगरी जापानले पनि नेपालमा अड्किएर रहेका आफ्ना नागरिक आजै फिर्ता लैजाने भएको छ। जापानले नेपाल एयरलाईन्सको जहाजमार्फत नेपालमा रहेका आफ्नो नागरिक आजै लैजान लागेको हो।

यसैगरी नेपाल एयरलाईन्सको जहाज कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सामाग्री लिन चीनको ग्वान्जाओ जाने भएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार