पत्रकार भन्दै प्रहरीलाई झुक्याउने व्यक्ति पक्राउ

उज्यालो प्रतिनिधि २६ चैत्र २०७६, बुधबार समाचार

दाङ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण देशभर लकडाउन भइरहेको समयमा ‘पत्रकार हुँ’ भन्दै हिँड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १८ वर्षीय मेघराज सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले आफुलाई पत्रकार भन्दै बा ८७ प १००६ नम्वरको मोटरसाइकलमा हिँडिरहेका सुनारलाई पक्राउ गरिएको बताए ।

डीएसपी खड्काको अनुसार सुनारले रिपोर्टस क्लब दाङको रिपोर्टर भनि खिमबहादुर डिसीको नाममा रहेको परिचय पत्र देखाएर प्रहरीलाई झुक्याउदै हिँडेका हुन् ।

तुलसिपुर–घोराही सडकखण्डको हात्तिखौवाबाट पक्राउ परेका सुनारलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार