वडा अध्यक्ष हतियारसहित पक्राउ

उज्यालो प्रतिनिधि २६ चैत्र २०७६, बुधबार समाचार

काठमाडौँ । वडाअध्यक्ष हतियारसहित पक्राउ परेको छ । कैलालीको गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाही गड्डु दुई थान हतियार र ८२ हजार नगदसहित पक्राउ परेको हो ।

वडाध्यक्ष शाहीको साथबाट प्वाइन्ट टुटु एलआर एक थान, त्यसमा लाग्ने गोली १४ थान तथा एयर गन १ थान र त्यसको छर्रा १९६ थान बरामद भएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरले जनाएको छ ।

प्रहरीको अनुसार वडाध्यक्ष शाहीलाई कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ र ५ को सीमानजिकै रोकिराखेको डीएल ३ सीसीआर ३९९७ भारतीय नम्बरको टोयोटा फरच्युन गाडीमा दुई थान बन्दुकसहित पक्राउ परेका हुन् ।

त्यस्तै गाडीबाट नेपाली १ हजार दरका ७१ हजार र ५ सयको नोट ५ हजार ५ सय रुपैयाँ समेत बरामद भएको कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साउदले जानकारी दिए ।

त्यसैगरी उनको साथबाट हिमालयन बैंकको एटीएम कार्ड एउटा, एनआईसी एसिया बैंकको एटीएम कार्ड २ वटा, मेगा बैंकको एटीएम कार्ड एउटा, गरिमा विकास बैंकको एटीएम कार्ड एउटा, आर इन्डियन बैंकको एटीएम कार्ड समेत बरामद भएको छ ।

पक्राउ परेका वडाअध्यक्ष शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार