कोरोना भाइरस फैलिन नदिन स्थानीय तहमा क्वारेन्टाइन बनाइएको छु : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेश कोरोना भाइरस (कोभिड–१९) को चपेटामा पर्न थालेको छ । अहिलेसम्म कैलालीमा तीन र कञ्चनपुरमा एक गरेर चार जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दुई जना भारतबाट र एक जना संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट आएका हुन् भने एक जनालाई बाहिरबाट आएका व्यक्तिबाट सरेको देखिएको छ ।

फागुन अन्तिम सातादेखि अहिलेसम्म भारतबाट मात्रै सुदूरपश्चिमका विभिन्न नाका भएर एक लाख ४३ हजार नेपाली घर फर्किएका छन् । तीमध्ये प्रायः सबै सुदूरपश्चिमकै हुन् । त्यसलै देश बाहिरबाट आउनेबाट कोरोना भाइरस फैलिन नदिन स्थानीय तहमा क्वारेन्टाइन बनाइएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बताउनुहुन्छ ।

उहाँले ‘म आफैँले कतिपय ठाउँमा क्वारेन्टाइन राख्ने ठाउँ खोजेँ, सम्बद्ध पक्षसँग नियमित छलफल गरेर आवश्यक निर्देशन दिइरहेको छु, कामको अनुगमन गरिरहेको छु तर पनि केहीले प्रदेश सरकार र ममाथि सामाजिक सञ्जालबाट आक्रमण गरिरहेका छन्, म आवश्यक काम गरिरहेको छु तर विज्ञापन गर्न आवश्यक ठान्दिनँ’ भन्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार