विदेशबाट आउनेको तथ्याङ्क सङ्कलन गर्न नाट्टाको आग्रह

उज्यालो प्रतिनिधि १७ चैत्र २०७६, सोमबार समाचार

काठमाडौँ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विदेशबाट नेपालमा आई कोरोना सङ्क्रमण देखिएका व्यक्तिसँगै जहाजमा आउने अन्य व्यक्तिको विवरण दिन सम्पूर्ण ट्राभल कम्पनीलाई आग्रह गरेको छ । नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले एक विज्ञप्ति जारी गरी मार्च १७ मा कतार एयरवेज र मार्च २० मा भिस्टारा एयरलाइन्सबाट नेपाल आएका तीन यात्रुमा कोरोना सङ्क्रमण देखिएको भन्दै उक्त एयरलाइन्सबाट आउने अन्य यात्रुको पूर्ण विवरण नाट्टामा उपलब्ध गराउन सबै ट्राभल कम्पनीलाई आग्रह गर्नुभएको हो ।

“विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिनका लागि अन्य यात्रुलाई पहिचान गरी सरकारलाई सहयोग गर्न लागेका हौँ”, अध्यक्ष गुरागाईँले भन्नुभयो । यस विषम परिस्थितिमा राज्यद्वारा जारी गरिएको निर्देशन पालना गर्नु नागरिकको दायित्व रहेको नाट्टाले जनाएको छ ।कोरोना भाइरसको महामारी बढ्दै गएको परिवेशमा सरकारले चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन गरेकाले लकडाउनको पूर्ण पालना गर्नसमेत नाट्टाले सबैलाई आग्रह गरेको छ । नाट्टाले विभिन्न मुलुकबाट भर्खरै नेपाल आएका जोकोहीलाई पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसेर सङ्क्रमण फैलन नदिन आग्रह गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार