ज्याक माले पठाएको १ लाख थाना मास्क र २० हजार किट नेपाल आइपुग्यो

१६ चैत्र २०७६, आईतवार ०९:३० मा प्रकाशित
उज्यालो संवाददाता

काठमाण्डौ । विश्वचर्चित अनलाइन कम्पनी अलिबाबाका संस्थापक तथा एशियाकै धनाढ्य व्यक्ति ज्याकमा र चीनका विभिन्न संस्थाले गरेको सहयोग नेपाल आइपुगेको छ ।

यसअघि ज्याकमाले नेपालसहित दक्षिण तथा पूर्वी एशियाका ९ देशलाई सहयोग गर्ने घोषणा गरेका थिए । अलिबाबा फाउन्डेसन तथा ज्याक मा फाउन्डेसनमार्फत उनले १ लाख २०० थान एन ९४ मास्क र २० हजार ६४ वटा परीक्षण किट नेपाल पठाएका हुन् । मास्कको मुल्य १० लाख ८४ हजार १ सय ६४ चिनियाँ युआन अर्थात् झन्डै १ करोड ८४ लाख नेपाली रुपैयाँ पर्न जान्छ भने परीक्षण किटको मुल्य १ करोड ५५ लाख नेपाली रुपैयाँ बराबर पर्छ ।

अरु के– के आयो ?
सिचुवान प्रान्त तथा चिनियाँ दूतावासले सहयोग स्वरुप पठाएको एन९५ मास्क २ हजार थान, डिस्पोजेवल सर्जिकल मास्क २४ हजार, डिस्पोजेबल मास्क २० हजार, सुरक्षात्मक चश्मा ५ सय थान, नन कन्ट्याक्ट इन्फ्रारेड थर्मोमिटर १ सय थान, इयर थर्मोमिटर १ सय थान, क्लोरेक्विन फोस्पेट ट्याबलेट ४ सय बक्स, सुरक्षात्मक पोशाक ५ सय ३० थान र १ थान पोर्टेबल भ्यान्टिलेटर पनि आइतबारै काठमाडौं आइपुगेको छ ।

चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेशन लिमिटेड, सिचुवान हुवासी ग्रुप र होङ्सी सिमेन्ट लिमिडेटले पनि नेपाललाई सहयोग गर्दैछन् । यी कम्पनीले पठाएको सहयोग अप्रिल १ मा नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार