भारतका गरिब जनतासँग मोदीले मागे माफी

उज्यालो प्रतिनिधि १६ चैत्र २०७६, आईतवार प्रवास

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो रेडियो कार्यक्रम ‘मन की बात’ मार्फत लकडाउनको मारमा परेका भारतका गरिब जनतासँग माफी मागेका छन् ।

‘आज दुनियाँभर कोरोना संकटकै चर्चा छ । यस्तोमा दोस्रो कुरा गर्नु उचित हुँदैन । केही यस्ता निर्णय लिनुप¥यो, जसले गरिबलाई दुःख दियो । म सबैसँग क्षमा माग्छु,’ मनकी बातको ६३ औं शृंखलामा उनले भने, ‘मसँग यस लडाइँमा यसबाहेक अन्य विकल्प थिएन । कसैलाई यस्तो गर्न मन पनि लाग्दैन, तर मलाई तपाईंको परिवार सुरक्षित राख्नु छ । त्यसैले दोस्रोपटक क्षमा माग्छु ।’

शनिबार रातिसम्मको तथ्याङ्कअनुसारमा भारतमा १ हजार ३० जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार